कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

इजरायलमा साहित्यिक कार्यक्रम

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज इजरायलले भानु जयन्तीको अवसरमा यही जुलाई १८ शनिबार, इजरायलको तेल अभिभमा भानु जयन्ती साहित्यिक कार्यक्रम गर्ने भएको छ। इच्छुक साहित्यकर्मीको रचनात्मक सह्भागिताको लागि समाजले रचनाको माग पनि गरेको छ।

अनेसास इजरायल च्याप्टरको जुन २० मा बसेको बैठकले कार्यक्रमको निर्णय गरेको हो। बैठकले १५ सदस्यीय कार्यसमिति विस्तार पनि गरेको छ। जसमा सुनिल संगम अध्यक्ष, नवराज आचार्य उपाध्यक्ष, कृष्ण थापा महासचिव, हरि मानन्धर सचिव तथा सदस्यहरुमा कला राई, सुमन कार्की, शंकर पौडेल,रमेशचक्र खड्का,टिका खरेल,मनोज गौतम,सुनिता राइ , विजी श्रेष्ठ, अस्मिता त्रिपाठी र संगीता घिमिरे छन्।