कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

मेरो खाली सिउँदो

केवल गंगा गुरुङ

मेरो आशाको किरणहरु
डुब्न लागेको घाम जस्तै भएछ
जलिरहेको दियो पनि
निभ्नै लागेछ
कस्तो हुरी आयो प्रिय
तिम्रो र मेरो माया बिच
तिमी नहुँदाको खाली सिउँदोलाई
सबैले उपेक्षा गरिरहेकाछन्
तिमी त बादलपारीको देशमा बसेर
मेरो रमिता हेर्दै हौला
मेरो दुर्गती देख्दा तिम्रो मन
अलिकति पनि दुखेन र ?

म तिम्रै पखालिएको सिन्दुरको डामहरुको
रक्षाको निम्ति भिषण लडार्इ लडिरहेछु
के तिमीलाई आनन्द लाग्यो र ?
मेरो रोएको दिनहरु हेर्दा ?