अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज इजरायलले भानु जयन्तीको अवसरमा यही जुलाई १८ शनिबार, इजरायलको तेल अभिभमा भानु जयन्ती साहित्यिक कार्यक्रम गर्ने भएको छ। इच्छुक साहित्यकर्मीको रचनात्मक सह्भागिताको लागि समाजले रचनाको माग पनि गरेको छ।
उल्लेखित मिती स्थान र समयमा सो साहित्यिक कार्यक्रममा उपस्थित भै कार्यक्रमको शोभा बढाई दिनु हुन सबै साहित्यप्रेमी तथा साहित्यकारहरुमा विनम्र अनुरोध गरिन्छ ।
तपसिल
मिती : १८ जुलाई २००९
स्थान : नेवेशाना १६ काठमान्डू क्लब, तेल अभिभ
समय : दिउंसो २ :०० बजे
इजरायलमा भानुजयन्ती साहित्यिक कार्यक्रम
सम्प्रेषक - कृष्णपक्ष :
साहित्यसंसार डट कम

साहित्यसंसार
साहित्यसंसार डट कम अनलाइन साहित्यिक पत्रिका हो । नेपाली भाषा साहित्यमा भएका विविध गतिविधिहरूको जानकारी तथा साहित्यकारहरूका सिर्जनाहरू क्रमबद्ध रुपमा संकलन गर्ने इन्टरनेट थलोको रुपमा यसलाई लिन सक्नुहुन्छ । लेख, रचना तथा साहित्यिक समाचार पठाउन हाम्रो इमेल ठेगाना - info@sahityasansar.com
थप साहित्यिक गतिविधि