कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

बिल्कुलै ! नयाँ धुनको खोजीमा

अशोक पार्थिव तामाङ

धुनहरुको खोजीमा
एउटा संगीतकार
सरगमको
आरोह - अबरोह
स्टाफ नोटेसन
अभ्यस्त छिचोल्छ ।

उसका हातहरू
उफार्दै
हार्मोनियमको
पर्दाहरुमा ।
भायोलिइनका तारहरुमा ।
अनि ,
गीटारका कर्ड्सहरुमा ।

अचानक
कुनै बालक
रोएको आवाज सुन्छ ।
चेतना बालक बन्न रहरिन्छ ।
अनि
बनाउँछ मिठो
लोहोरी गीतहरू ।
अनि
गुनगुनाउँछ टाइमिङको
टेम्पो सँगै ।

फेरी
चराचुरुँङीको चिरबिराहट सुन्छ ,
खुशीले हौसिँन्दै बनाउँछ ,
फेरी
अर्को मिठो संगीत ।
युगल प्रेमजोडीहरु देखेर
बनाउँछ कुनै मिठो प्रेमको गीत ।

प्रकृतिलाइ चुम्दै भर्छ संगीत ,
एउटा संगीतकार ।
शब्दको दानाहरूमा ,
अनि खुशीले प्रफुल्लित हुन्छ ।
पोखाइ पोखाएर नसक्ने गरी ।
कहिं पनि
कतै पनि
खुशीको छालहरू सागर भइ उर्लिन्छन् मनभित्र ।

हो हामीले पनि ,
यसरी नै भर्नुपर्छ हरेक जीवनका जीवन - संगीतहरू ।
क्षण क्षण ,
पला पला ,
यस्तै त छ ,
हाम्रो जीन्दगी पनि ।

यस्तै त छ
हामी सबैको जीन्दगीको एक - एक मोडहरू पनि।
प्रत्येक घुँम्तीमा संगीतका
रागहरू ,आलापहरु , अलंकारहरू, तानहरु , बन्दिसहरु
अलाप्नुँ नै छ।

त्यसैले त हामी
हरक्षण
कुनै न कुनै
धुनहरूकै खोजिमा हुन्छौ नि !
कुनै बेला प्रेमी भएर प्रेमका धुन ।
कुनै बेला आदर्श भएर सपनाहरूको धुन्।
कुनै बेला बेदना भएर शोकको धुन।

यदि हामी धुन खोज्ने नै हो भने
खोजौ
बिल्कुलै नँया धुन ।
कहिल्यै कसैले नदेखेको धुन ।
कहिल्यै कसैले नसुनेको धुन ।

समाजको धुन ।
देशको धुन ।
मानवताको धुन ।
जुन धुनमा ,
सिङगो आकाश समेटियोस् ,
सिङगो धरती कहल्यै पनि नटुक्रियोस् ,
मन नफुटोस् ति धुनहरूमा
हो चाहिएको छ हामीलाइ यस्तै धुन
कहिं कसैले नबजाएको धुन ।
बिल्कुले नयाँपन बोकेको धुन्।

युगौ - युग सम्म गुँन्जिरहोस् ।
युगौ - युग सम्म बजिरहोस् ।
कर्ण प्रिया धुन भएर ।
लोकप्रिय धुन भएर ।
हरेक स्पन्दन छोएर ।
बाँचिरहोस् ।
हरेक बस्तीहरूमा
हरेक जिन्दगीका नयाँ धुनहरु ।

त्यसैले त
अब ,
हामी लाग्नुँपर्छ ,
बिल्कुलै !
नयाँ धुनको खोजीमा ।



तपेश्वरी १ , उदयपुर

हालः ( इजरायल )