कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

मैले आशिक बर्बराइँन

- अशोक पार्थिव तामाङ

आज दँशैको
एक अक्षता निधारमा होइन
दिल भित्र टाँसेर फर्केको छु ।

मैले मेरो आफन्तलाई
आशिक बर्बराइँन
ठुलो मान्छे पनि
हुनु तिमीहरु भनिनँ
किनभने
कसलाई म ठुलो मानुँ ?
कसलाई म सानो भनुँ ?

यहाँ
सानो हुनेहरु ठुलो हुने रहरमा
तन्किन्छन् रबर भएर ।
त्यो तन्काइ के काम ?
जसमा डाइमेन्सन् खिइएर
झुत्रो लुगा जस्तो
च्यातिएका छन नैतिकतामा
फाटेका छन धुजा धुजा
समाजमा
अनि बेब्ह्यारिक जीन्दगीमा ।
बिर्सिएका छन्
आफ्नो धरातल
अनि
कसलाई म ठुलो मानुँ ?
कसलाई म सानो भनुँ ?

यदि तेस्तैलाई
ठुला मान्ने हो भने
ति पोहोर परार दिइएका
दशैका आशिकहरुले
ठुलो कसैलाई बनाँएनछ ।

ठुलो कोही हुन लायक भएनछ ।
कसले दिएन होला र आशिक
उसको सन्तान ठुलो होस भनेर ?
त्यसैले
यो धोङी आशिक
मैले बर्बराइँन
यसपाली ।

ठुला अब्र्हाम लिन्क भनौंदाहरु
लिलिपुट भएर कुर्सिको
बस्ने पिरकामै बिलाउँन खोज्छन्
स्वार्थ खातिर जे पनि गर्छु भन्दै
अघि सर्छन्
यस्तो जानी जानी
अनि
म कसरी दिन सक्छु ?
टिकाको आशिक ।
त्यसैले
मैले आशिक बर्बराइँन ।

त्यसैले
मैले बिना अर्थको आशिक दिन सकिनँ
किनभने म झुट बोल्दिनँ ।


बरु म मेरो सन्तानलाई
दिनहु सुमार्गमा हिडाउँने
ज्ञानहरु दिनसक्छु
तर
काम नलाग्ने
बिना अर्थको आशिक दिनेछैन ।

हो
तेसैले मैले यो चोटि
मेरो आफन्तहरुलाई
आसिक दिन सकिनँ ।
मैले आशिक बर्बराइँन ।
ठुलो हौ
नाम कमाउ पनि भनिनँ ।

किन भने
बिना अर्थको बदनाम हुन
तिमीहरु ठुलो हौ भन्न सकिनँ ।

मनमनै
बरु सक्छौ भने
म जस्तै शान्तप्रिय
कर्मसिल ,
स्वछन्द
हुन सिक
यसमै मान्छे हुनुको अर्थ छ भनेको छु ।
तर उनिहरुले सुनेकी सुनेनन् ?

मेरा मनोभावहरु ..........।
हो
यिनै परिवेशहरूले गर्दा
मैले आशिक बर्बराइँन ।


तपेश्वरी १ , उदयपुर

हालः इजरायल