कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

देश खोज्नँ म कहाँ जाउँ ?


अशोक पार्थिव तामाङ
अहिले
सुन्दैछु
बि.बि.सी.रेडियोबाट
प्रसारण हुँने
नेपालीसेवाको कार्यक्रम
र मुख्य समाचार पनि सकियो ।
भर्खरै पढेंको पनि थिएँ
नेपालको कान्तिपुर अनलाइन् समाचार इन्टरनेटमा
अचेल
देशभित्रै देश हराएको छरे !
देश नै परदेश जस्तो लाग्दैछरे !
त्यहाँ बस्नेहरूलाइ
यस्तो बेला
देश खोज्न म
कहाँ जाउ ?

यहाँ गाउँबाट देश खोज्न
निस्केकाहरू
कति शहरमा बिलाउँछन्
कोहि देश खोज्दै
जंगलमै हराउँछन्
सबै सबै हराएपछि
आ आफ्नै धुनमा
एक्लो प्राणी भएर
यस्तो बेला
देश खोज्नँ म
कहाँ जाउँ ?

केहीं देश खोज्ने हातहरु
केहीं देश खोज्ने मनहरु
सिंगापुर पुगेकाछन्
भात खोज्दै खोज्दै ।
केहीं देश खोज्ने आँखाहरु
रतन्धो लागेर गाउँतिरै डुलिरहेका छन्
केहीं ज्यानहरू
इज्जत ढाक्ने लुगा बटुल्नँ
छाप्राको छानो खोज्नँ
बालुवाको मरुभूमिमा
गैंति र बेल्चा उठाउँदै
साउदी , कत्तार र मलेसिया पुगेकाछन्
केहीं तन्नेरी हुलहरु
क्यानाडा ,स्पेन ,इटली , इजराइल हुदै युरोपका अन्य मुलुक र अमेरिकाको टापुहरूमा
जुठोभाँडो मस्काउँन
छिरेका छ्न्
अब
गाउँघरमा बिरामी बोक्ने मान्छेहरू पाइँन्दैन रे !
अस्पताल लाँनलाइ
बुढापाकाहरू मात्र बसेकाछन् रे !
मर्दा मलामी पनि पाइँन्दैनँ रे !
यसैले
कहाली लाग्दो पो मेरो देश भएछ
यस्तो बेला
देश खोज्नँ म
कहाँ जाउँ ?

चोमोलूंङमा हिमालहरु
आफ्नो होइन भन्छरे !
तराइको फाँटहरु
आफ्नो देशको होइन भन्छरे !
पराइले सिमाना मिचीसक्दा पनि
सिमाना रति भर पनि मिचिएको छैनँ भन्छ रे !
त्यहाँको बासिन्दाहरुलाइ
अर्कै देशको नागरिक ठाँन्छरे !
तिनीहरू
त्यहिंको हुँदैहोइन पो भन्छरे !
भाषा सँस्कृती जे थियो
त्यो पनि उसको होइन भन्छरे !
तोते बोलिदेखी बोलेको
भाषालाई म चिन्दिनँ भन्छरे !
अहिले देश भित्र नै देश हराइरहेको छ रे !
देश भित्र नै देशहरु पराइ भएको छ रे !
यस्तो बेला
देश खोज्न म
कहाँ जाउँ ?

मेरो देश कसले लग्यो ?
मेरो देश कसले लुछ्यो ?
मेरो देश हिजो अस्ति सम्म
म सँगै थियो
किन म
अहिले यसरी देशहिन भएँ ?
अलिकति
देश खोज्न पो म
सातासमुन्द्रँ पारी पुगेको थिएँ
तर विशाल
मेरो सिंगो देश त त्यहिं थियो
जहाँ म जन्मिएको थिएँ
जहाँ म हुर्किएको थिएँ
यस्तो बेला
कसैले कसैको कुरा
नसुनेको अवस्थामा
कसैले कसैको देश
लुटेको अवस्थामा
एक्लो मान्छे भएर
देश खोज्नँ म
कहाँ जाउँ ?

यदि देश
कागजमा बनाइन्थ्यो भने
म आफै बनाउँनेथिए र
म मुटुको गोजीभरी देशै देश बोकेर हिडँनेथिये
किनभने
देश मैले
देखेकै छैन धेरै समय देखि
देश कतै लुकेको होला
हामि सबै मिलेर खोजौ
कतै भेटिपो हालिन्छ कि ?
म अलिकति
गाँस खोज्नँ निस्किँन्दा
मेरो देश नै पो हराएछ
अचेल
दुःखी छु समाचार सुँनेर
यस्तो बेला
देश खोज्नँ म
कहाँ जाउँ ?



तपेश्वरी १ , उदयपुर

हालः ( इजरायल )