कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

घाम टिप्नँ पो उठ्नुँपर्थ्यो तिमीले ।

- अशोक पार्थिव तामाङ
घाम छोप्ने कुरा गर्थ्यौ ।
सपनाहरु पुरा गर्छु भन्थ्यौ ।

घाम टिप्नँ पो उठ्नुँपर्थ्यो तिमीले
बिहान - बिहानै झिसमिसेमै ,
तिमी भने अझै नि सुतिरहेको छौ ।
उफ !
कस्तो निन्द्रा हो तिम्रो कुन्नी ?

जस्केला बाट घामहरू चियाएर गइसके ।
तिमीलाइ देखिसके झलमल्ल
अनि गिज्याँइ रहेछन् ।
खै त ! तिमीलाइ लाज लागेको ?
तिमी पनि लाजहिन भएछौ ।
खै त ! तिमीले कुरा बुझेको ?
तिमी पनि बुझपचाउँने भएछौ ।

डोकोले छोपिएर सुतेकोछौ रे !
घाम टाउको माथि फुल्नै लागिसक्यो ।
अझै निर्धक्क सुतिरहेछौ ।
त्रिपाल भित्र छु सोचेर ।

घामले पोल्दैन र तिमीलाई ?
कस्तो निन्द्राँ सुतेको तिमी ?
पाएको जम्मा एउटा दिन पनि
आधा त सुतेरै बिताउँछौ क्यारे !

घाम भन्दा अघि बढ्नुँ थियो ।
तर
घामले छोडेर तिमीलाई हिँडिंसक्यो ।
उठनँ अझै त्यो घाम भेट्नुँछ ।
कति छोपिन्छौ अध्याँरो मनमा ?
घामले छोडेर तिमीलाई हिँडिसक्यो ।

भो अब उठँ न हो उठँ ।
तिमी अझै उठेनौं ।
तिमी अझै बिउँझीएनौं ।

हेर त !
तिम्रो दिन जान लाग्यो ।
हेर त !
तिमीलाई घाटा हुन लाग्यो ।
के गर्छौ अब यो बाँकी समय ?
तिमीले तिम्रो दिन
सुतेरै बितायौ ।

तिमीले तिम्रो दिन बेफ्वाँकमै बितायौ ।
तिमीले तिम्रो दिन कौडिको भाउमै बिकायौ ।
तिमीले तिम्रो जिन्दगी बिना अर्थै बितायौ ।।



तपेश्वरी १ , उदयपुर


हालः ( इजरायल )