- अशोक पार्थिव तामाङ
आँधीतुँफान आउँदा पनि यो दिल बलिरहोस्
आशा बोकी जिन्दगीको घामजुन चलिरहोस्।
खहरे त्यो उर्लिएला असार सावन मासमा
पुल हाल्न छिटो-छिटो यी हात चलिरहोस्।
मौसम बैइमानी भइ बादल लाग्न सक्छ
छाता घुमले छेक्दै पनि पाइला बढिरहोस्।
चिसो होला हिउँदे जीवन गर्मी याम रोज्दै
बैंसको स्वप्निल रहर हरयाम् फलिरहोस्।
तपेश्वरी-१ उदयपुर
हालः ( इजरायल )
गजल
आँधीतुँफान आउँदा पनि यो दिल बलिरहोस्

आँधीतुँफान आउँदा पनि यो दिल बलिरहोस्
सम्प्रेषक - कृष्णपक्ष :
साहित्यसंसार डट कम

साहित्यसंसार
साहित्यसंसार डट कम अनलाइन साहित्यिक पत्रिका हो । नेपाली भाषा साहित्यमा भएका विविध गतिविधिहरूको जानकारी तथा साहित्यकारहरूका सिर्जनाहरू क्रमबद्ध रुपमा संकलन गर्ने इन्टरनेट थलोको रुपमा यसलाई लिन सक्नुहुन्छ । लेख, रचना तथा साहित्यिक समाचार पठाउन हाम्रो इमेल ठेगाना - info@sahityasansar.com
थप साहित्यिक गतिविधि