कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

समयको क्यान्भासमा म एक चित्रकार ।

- अशोक पार्थिव तामाङ

समयको क्यान्भासमा ।
रहरहरूका सुन्दर रंग छिट्दै
केहि जीन्दगीका
पोट्रेट, स्केच, स्टिल पेइन्टिङहरू
बनाउँन खोज्छु ।
तर
सकिरहेको छुँइन।

समयको रेखाहरू
एक अर्को बिन्दु सम्म
मिलेर खिचीएको छैन ।
त्यसैले मैले सोचेको
आकृति रचना गर्न सकेको छुँइन।

सिसाको पारदर्शी फ्रेम भित्र
छोपिएको मेरो मस्तिष्क
घामको रापले
सोचाइका
तरल रेशाहरू सुकेहोलान् ।
नत्र
किन म बिचार शुन्य भएँ ?
किन म निर्जिव भएँ ?
भावना त बग्नुपर्थ्यो कम्तिमा ?
अहँ केहि बगेन ।
अब मृतपायः छ मेरा सोचहरू ।

जिन्दगीका उकाली भञ्ज्याँङ
अनि बाटोहरूको
सुन्दर लैइन्डस्केप
कोर्छु सोचेको थिएँ ।
समयका भित्ता भरी,
समयका धोक्रे झोलाभरी
भावनाका ड्राइङग्
सिरान लाएर छरप्रष्ट छन्।
यता रेखा खिच्यो , उता चिप्लिन्छ ।
उता मिलायो , यता मेटिन्छ ।
उफ् ! म कस्तो चित्रकार ?

क्यान्भासहरूमा
चित्रका मेडियमहरू
चार्कोलिक, एक्रेइलिक, मेटल,
पेन्सिल स्केच, ओइल, इचिंङग्
सबै किसिमको पेइन्टिङहरूको
अविस्मरणीय
चित्रकला प्रदर्शनी गर्न चाहन्थें ।
त्यो पनि अपुरो छ।
त्यो पनि अधुरै छ।

वाटर कलर कुँचीमा चोबेर
क्यान्भासमा पोत्दैछु ।
घरी घरी
यो क्यान्भासले मलाइ नै
पोतिरहेको हुन्छ।
म उछिटिन्छु एकातिर
रंग उछिटिन्छ अर्कोतिर ।
अब
तस्विर कसरी कोर्नुहोला ?
म किन यति भ्रँमित भएँ ?
म किन बिचार शुन्य भएँ ?

रंग हातमै सुक्न खोज्दैछ ।
अनि प्रश्न गर्छु ,
मैले
म सित नै ।

कतै मेरो दैनिक जीन्दगी पनि
यस्तै त छैन ?
बिलाइ रहेको रंग झैं
समयका क्यान्भासमा ।


तपेश्वरी १ , उदयपुर

हालः ( इजरायल )