कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

घडेरी मिचेर बनाँएको घर।

- अशोक पार्थिव तामाङ

तिमीले मेरो घडेरीमा
अतिक्रमण गरेर घर बनाएछौ,
मलाइ नसोधी नसोधी

तिमीलाइ कसले दियो इजाजत् ?
को को राख्यौ साँचीहरू महल बनाउँदा ?
मलाइ असाध्यै रिस उठेको छ
तिम्रो मनले
मेरो मुटुको सिमाना मिचेकोमा

आँखा झिम्क्याएछौ ,कम्मर मर्काएछौ ,
के के न ईशारा गरेछौ
अनी तिम्रो र मेरो सिमानामा
तिमीले नै हस्तक्षेप गरेछौ।
भन्न मन लागेको थियो तिमीलाई
के के गालीहरु

तर
मैले भन्न सकिन ।
के ठानेको छौ
तिमीले आफुले आफुलाई ?
प्रधानमन्त्री वा राष्ट्रपती ?

मलाई नसोधी बनाएको
सबै पर्खालहरु , जस्ताका छानाहरु
उखलेर फ्याल्नेछु ,
अनी तिमी
मलाई टुल्टुल्ती हेर्नेछौ मुक दर्सक भएर
मेरो विश्वाश र मायामा बनेको घरलाई ।

अनी
म सोद्नेछु तिमीलाई
तिमीले घडेरी मिचेर के पायौ त ?
मैले त
तिम्रो मन जीतेर घर बनाँएनि, होइनर ?

घर त यस्तो पो होस् जहाँ
सुःख समृदि र समानता होस्,
माया फुलोस्, बिश्वास् झुलोस्।

तपेश्वरी १ , उदयपुर

हालः ( इजरायल )