कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

बिचरा ! यी थप्पडीहरू

- अशोक पार्थिव तामाङ

बिचरा ! यी थप्पडीहरू ......
एक अर्कामा हानाहान गर्छन् ।
मुखामुख गर्छन् ,
थुतुँनो जुदाइ जुदाइ
तर
के का लागी यो हानाहान ?
किन मारामार ,
किन घम्सा घम्सी ?
समिक्षा बिहिन सुस्ताउँछन् ,
समिक्षा बिहिन जुर्मुराउँछन् ।

एक अर्कालाइ हेर्नै मान्दैनन् ,
घृणाले, द्वेशले, इर्ष्याले ।
अकबिरे खुर्सानी झैं पिरो हुन्छन् ,
गर्जिन्छन्, भत्किन्छन् ,
पोखिन्छन् ,ढल्छन्
घाइते रक्त्याम्मै हुन्छन् ।
यहि भएको छ जीवन शिलशिला ।


बिरालोले कुकुरलाइ घुरे झैं ,
ङार ङार ङुरङुर भाउँभाउँ सबै गर्छन् ।
लखेटा लखेटी ,
चिथोर चाथर ,
टोकाटोक सबै गर्छन् ।
अनि कुरूप अनुहार बोकेर यताउति सार्वजनिक हुन्छन् ।
मान्छेहरू देखेर हाँस्छन्
किन हाँसे ? समिक्षा बिहिन.....।
किन लँडे ? समिक्षा बिहिन......।

यहाँ जति थप्पडीहरू
पडकिए पनि ,
थप्पडी त दुःख्ने न हुन् ।
मज्जा त मस्तिष्कले नै लिन्छ ।
उफ ! यि समिक्षा बिहिन तालीहरूको लँडाइ ,
मस्तिष्कले उफार्दैछ भन्ने
कहिले बुझ्ने हुन् कुन्नि ?
फगतका तालीहरू जुधेर के मिल्छ ?
तालीहरू जोडिए सिर्जना हुन सक्छ।
नयाँ चमत्कार हुन सक्छ ।

खै कहिले बुझ्ने हुन् कुन्नि यि तालीहरूले ?
उनिहरूलाइ मस्तिष्कले लँडाइरहेको छ भन्ने कुरा ।
ताली गडकिने ताकतहरू मस्तिष्क सँग मिल्न पाए ,
देउरालीमा पाटी बन्थ्यो ,
अरू थुप्रै हुनसक्थ्यो
थप्पडीहरूले उँभो फर्किएर मस्तिष्क हेर्न सकेहुन्थ्यो
कम्तिमा ,

जीन्दगी बाँचेको अनुभव त गर्थे ,
अस्तित्व नै थाहा नपाउने बुद्दुहरू
यी फगत !
तालीहरू मात्र हुन र भइ बाँचेका
बिचरा ! यी थप्पडीहरू........ ।


तपेश्वरी १ , उदयपुर

हालः ( इजरायल )