कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

मलाइ गुमनाम हुने रहर छैन बरू बदनाम नै भएर जीउँन चाहँन्छु ।

- अशोक पार्थिव तामाङ
सत्य मान्छेहरु ,सत्य कुराहरु सधैं गुमनाम हुन्छन् रे !
मलाई गुमनाम हुने रहर छैन ।
बरु बदनाम नै भएर जिउँन चाहँन्छु ।
कति काट्दोरहेछ कुराहरु यो बदनाम शहर
मेरो पनि बदनामीमा एक चोटि कुरा कट्टाएर हेर्छु ।
वास्तबमा म को हो भन्ने चिनाएरै छाड्छु ।

बन्द बिर्को भित्र बोतलमा निस्सासिएको रक्सी जस्तो
मेरो बिचारलाई थुन्दै थुन्दिँन म ।
आफु भित्रको अर्को आफुलाई
रुवाउँदै कदापि हाँस्दिन म ।
बरु आफु खरानी हुन्छु जलेर
सुनलाई पत्थर पार्दिन म ।

अक्वेरियमका माछाहरु जस्तो
तीन लिटर पानीमा खेल्दिँन म ।
बरु मलाइ समुँन्द्रकै गोहीले नै खाओस् ।
पानी सँगको बिछोड सहँदिन म।
तर म्युजियमको टिकटमा बेचिन्न म
बदनाम शहरको गुमनाम हुँनलाइ ।
बदनाम शहरको इमान हुनलाइ ।
भनोस् , पाखन्डी भन्नेहरुले
बरु भन्नेहरुकै मुख गलाएर छाड्छु ।।

नाँच्दा बेश्या हुन्छ भने ,
गाउँदा उताउँलो ठान्छ भने ,
पनि
म बदनाम हुने भयले गुमनाम हुन चाहँन्न ,
बरु बदनाम नै भएर जिउँन चाहँन्छु ।
कति काट्दोरहेछ कुराहरु यो बदनाम शहर
मेरो पनि बदनामीमा एकचोटि कुरा कट्टाएर हेर्छु ।
अर्कालाइ बदनाम गर्नेलाइ धर्तीको धुलो चट्टाएर हेर्छु ।
पख ! तँलाइ पनि समयको छिरके लगाइ लडाएर हेर्छु ।


तपेश्वरी १ , उदयपुर

( हालः इजरायल )