कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

किराँती भोगेन एक्लेको कविता कृति ‘विरुद्धमा’ विमोचनसंगै कविता गोष्ठी सम्पन्न



४ जुलाई हङकङ- सृजनशील साहित्य समाज हङकङको आयोजनामा सम्पन्न एक कार्यक्रमबीच आज किराँती भोगेन एक्लेको कविता कृति ‘विरुद्धमा’ विमोचन भएको छ ।

बयोवृद्ध कवि तथा साहित्यकार गणेशबहादुर राईद्वारा विमोचन गरिएको उक्त कृतिमाथि साहित्यकर प्रदीप कन्दङवाले समिक्षात्मक टिप्पणी गरेका थिए । यस कृतिभित्र एउटा बेग्लै खण्डमा संग्रहित नेपाली भाषामा अनुवादित चिनियाँ भाषाका कवितहरूका बारेमा अनुवादक किन्दर राईले आफ्नाकुराहरू रखेका थिए भने आफ्नो कविताहरूको सृजनाका आधर, उदेश्य, सृजना क्रममजस्ता विशयमा कवि किराँती भोगेन एक्लेले संक्षिप्त चर्चा गरेका थिए ।

सम्पन्न यस विमोचन समारोहमा कृति विमोचनसंगै हङकङमा नेपाली कविता लेखनले दशक लामो इतिहास बनाएको सन्दर्भमा ‘हङकङेली नेपाली कविताको एक दशक कविता गाष्ठी’ को पनि आयोजना गरिएको थियो । एकै मञ्चमा संगै संचालित यस कविता गोष्ठीमा किराँती भोगेन एक्ले, किन्दर राई, मुक्कुम, टंक सम्बाहम्फे, बिमल राई पिताम्बर राई, एम बी थापा, डि बी पालुङ्वा, मोहन गुरुङ, नरेश सुनुवार, हाङयुग अज्ञातलगायतका कविहरूले आफ्ना कविताहरू वाचन गरेका थिए ।

यहाँरहेका खोटाङे लेखक तथा साहित्यकारहरूको सक्रियतामा खोटाङमा स्थापना गर्न लागिएको साहित्यिक पुरष्कारको निम्ति निर्माणाधिन अक्षयकोषको सहयोगार्थ प्रकाशित किराँती एक्लेको यो कविता संग्रहको विमोचन समारोहको अध्यक्षता सृजनशील साहित्य समाज हङकङका अध्यक्ष कवि हाङयुग अज्ञातले गरेका थिए । आयोजक संस्था सृसासका सचिव नरेश सुनुवारको संचालन रहेको उक्त कार्यक्रममा बयोवृद्ध कवि तथा सहित्यकार गणेशबहादुर राईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । सय कार्यक्रमका अतिथिहरूमा नेपाली साहित्य प्रतिष्ठान हङकङका अध्यक्ष टंक सम्बाहम्फे, जनजाति साहित्य समुहका अध्यक्ष भुपेन्द्र चेम्जोङ (मुक्कुम), आदिबासी गीतकार समाज हङकङका अध्यक्ष प्रदीप कन्दङवा, नेपाली साहित्य परिषदका सदस्य अमोद राई, जनजाति महासंघ हङकङका अध्यक्ष एम बी थापा खोटाङ समाज हङकङका सचिव सुवास राईलगायत रहेका थिए । कार्यक्रम जोर्डनस्थित सुनकोसी कम्पनीको कार्यकक्षमा सम्पन्न भएको थियो ।