कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

यूएई प्रवासले सम्झियो भानुभक्त ईश्वर बल्लभ र कृष्ण चन्द्रलाई


चन्द्र चेतूँ
१६ जुलाई २०१० तदनुसार आषढ ३२ गते शुक्रवारका दिन संयुक्त अरब ईमिरेटस्को ब्यापारीक शहर दुबई स्थित एभरेष्ट ईन्टरनेशनल होटलको हलमा सर्वदा वाङ्गमय प्रतिष्ठान् युएई शाखाले १९७ औं भानु जयन्ती एक समारोहका साथ सम्पन्न गर्यो ।

प्रतिष्ठानका अध्यक्ष लक्ष्मण सापकोटाले सभापतित्व गर्नु भएको उक्त कार्यक्रममा विशेष अतिथि गैर आवासीय नेपाली संघ यूएईका अध्यक्ष चुडामणी ढकाल र प्रमुख अतिथि अन्तरराष्ट्रिय पत्रकार साजालका संयोजक एवं साहित्यकार जाकिर हुसैन रहनु भएको थियो ।

कार्यक्रममा बिभिन्न वक्ताहरुले यूएईमा सर्वदा वाङ्गमय प्रतिष्ठान यूएई शाखाको निरन्तर सकृयताको मुक्तकण्ठले प्रशंसा गर्दै आदिकवि भानुभक्तको बारेमा चर्चा परिचर्चा गरि सम्झना गरेका थिए ।सोही अवसरमा यूएई प्रवासमा कार्यरत बिभिन्न कवि तथा साहित्यकारहरुले आफ्ना रचनाकवितागजलहाईकू आदि वाचन गर्दै भानुभक्त प्रति अपार श्रदा प्रकट गरेका थिए ।

यसरी आफ्ना साहित्यिक रचना सुनाउने कवि तथा साहित्यकारहरुमा अर्जुन सापकोटा राजेन्द्र न्यौपाने गिरिधारी रिजाल अन्जान बोहोरा पि।एस।लिम्बु राज बिक्रम चन्द रामु अधिकारी एस।sे।भन्डारी माईनस प्लस सङ्गग्रौला धनकुटे कान्छा दीपराज नेयोङ्गहाङ्ग अर्जुन दाहाल उमेश राई ँघायल” निमेष गिरी असिम महत डि।एल।शर्मा जस्ता कविहरुको प्रस्तुति रहेकोथियो ।

बाल कवि पि्रन्स कोईरालाको छोटो कविता र गीतले उपस्थित दर्शकलाई ज्यादै मनोराजन बनाएको थियो । प्रमुख अतिथि श्री हुसैनले उनलाई स्टेजमा बोलाएर ुआफु पछि ठूलो कवि बन्छु भन्न लगाएर एउटा बाल प्रतिभालाई सम्मान गर्दै उनलाई थप हौसला प्रदान गरिदिनु भएको थियो । त्यति सानो उमेरमै त्यसरी स्टेजमा आएर आफुमा भएको ज्ञान निर्धक्क भएर सुनाउदा उपस्थित दर्शक तथा पि्रन्सका आमा बुवा निक्कै खुशी भएका थिए ।

यसै कार्यक्रममा गत आषढ १७ गते स्वर्गीय हुनु भएका वरिष्ठ समालोचक निवन्धकार तथा साहित्यकार कृष्ण चन्द्रिसंह प्रधानको दुःखद निधन प्रति गहिरो शोक प्रकट तथा मृतात्माको चिर शान्तीको कामना गर्दै १ मिनेट मौन धारणा सहित सर्वदा वाङ्गमय प्रतिष्ठान यूएई शाखाका अध्यक्ष लक्ष्मण सापकोटाले स्वर्गीय कृष्ण चन्द्र िसंह प्रधानको महत्व प्रति प्रकाश पार्नु भएको थियो ।

नेपालका प्रसिद्ध कवि तथा निबन्धकार ईश्वर वल्लवको जन्म दिन पनि आषाढ २९ गतेनै भएको साथै सर्वदा वाङ्गमय प्रतिष्ठान् केन्द्रिय कार्यलयका संस्थापक अध्यक्ष समेत रहनु भएको र सर्वदा वाङ्गमय प्रतिष्ठान् स्थापना हुनुमा उहाँले महत्वपूर्ण भूमिका भएको प्रशंग उल्लेख गर्दै सर्वदा वाङ्गमय प्रतिष्ठान यूएई शाखाले उहाँको जन्म जयन्ति पनि सोहि अवसरमा मनाएको छ । साथै हरेक बर्ष भानु जयन्तीको दिन आषढ २९ गते ईश्वर बल्लभको पनि जन्म जयन्ती मनाउने घोषण समेत गरेको छ ।

प्रतिष्ठानका अध्यक्ष सापकोटाले भानुभक्तिय शैलीमा कान्तिपूर नगरीको सन्दर्भलाई कोट्याउँदै बाचन गर्दा हल निक्कै चकमन्न भएको थियो । प्रतिष्ठानका सदस्य एस।sे। भण्डारीले भानुभक्तको रामयणका केहि श्लोक शैलिबद्ध वाचन गरि सो रामयण पुस्तिका संस्थालाई हस्तान्तरण गरेका थिए ।
DSC00282
सो कार्यक्रममा सर्वदा यूएईका केन्द्रिय सदस्य श्री दिपराज नेयोङ्गहाङ्गले देशले रगत माँगे मलाई बलि चढाउ… यो नेपाली शिर उचाली संसारमा लम्किन्छ…। जस्ता देशभक्ति गीतहरु सुनाएर सम्पूर्ण दर्शाकहरुको अझ रमाईलो प्रदान गर्नुभएको थियो । यस १९७ औं भानुजयन्ती कार्यक्रमलाई उद्घोषकद्वय दिपक खड्का तथा चेतन कार्कीले संयुक्त रुपमा साचालन गर्नु भएको थियो र कार्यक्रमको ब्यवस्थापन संस्थाका केन्द्रिय उपाध्यक्ष बिमल ढकाल तथा कोषध्यक्ष शर्मिला पराजुलीले गर्नु भएको थियो भने दुबई स्थित छोटो समयमा आम नेपाली लोकपि्रय हाँसिल गर्न सफल काठमाण्डौं हाईल्याण्ड प्यालेसले पनि केहि आर्थिक सहयोग गरेर कार्यक्रमलाई थप मद्दत पु-याएको थियो । सो अवसरमा आफ्ना रचना गर्ने सम्पूर्ण कवि साहित्यकारहरुलाई कार्यक्रमका सभापति प्रमुख अतिथि र बिशेष अतिथिले संयुक्त रुपमा प्रमाण-पत्र वितरण गर्नु भएको थियो ।

कार्यक्रमका सभापति लक्ष्मण सापकोटाले कार्यक्रममा सहभागी सम्पूर्ण कवि तथा साहित्यकारहरुलाई निरन्तर यूएई प्रवासमा रहँदा नेपाली भाषा साहित्यको विकास गर्न र साहित्य सृजनामा लगिरहन र उपस्थित अन्य संघ संस्थाका प्रमुख र प्रतिनिधिहरुलाई मुलुक प्रति सदैव संवेदनशील र चिन्तित हुनको लागी आव्हान गर्दै कार्यक्रमको समापन गर्नु भएको