कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

हङकङमा भानुजयन्ती भव्यरुपमा सम्पन्न



प्राय ठूलठूला कर्न्र्सटहरु मात्र आयोजना हुने युनलङ थिएटरमा जुलाई १३, २०१० का दिन खचाखच नेपालीहरुको उपस्थितिमा भानुजयन्ती सम्पन्न भयो ।आफ्नो भाषा, साहित्य र संस्कृतिको सम्वृद्धिसँगै नेपाली समाज बसाऔँ भन्ने अभियोजना बोकेर हरेक वर्ष आयोजना हुँदै आएको भानुजयन्ती यसपालि पनि बृहतरुपम सम्पन्न भएको थियो ।


नेपाली विधार्थी, अभिभावकहरु, शिक्षक, विभिन्न संघसंस्थाका प्रतिनिधि, विभिन्न विद्यालयका प्रधानध्यापकहरुको उपस्थितिमा भानुजयन्ती धुमधाम मनाइएको थियो ।हङकङमा भानुजयन्ती जुलाई १३ बेलुकी ७ः३० बजे संचालन भएको थियो । युनलङ थिएटरमा सम्पन्न भानुजयन्तीको मूख्य आकर्षण भानु काठमाण्डौमा लघु नाटक समेत मंचन गरिएको थियो ।

रामायणको सम्पूर्ण कथालाई विभिन्न विद्यालयका विधार्थीहरुले प्रस्तुत गरेका थिए । भानुजयन्ती २०१० कार्यक्रममा विभिन्न विद्यालयका विधार्थीहरुले भानुभक्त बारे चर्चा, परिचर् गरेका थिए । नेपाली भाषा, साहित्य र संस्कृति नै आफ्ना सकली पहिचानहरु हुन । नेपाली भाषा, साहित्य र संस्कृतिको जगेर्ना नै आफ्नै जगेर्ना हो भन्दै भानुजयन्ती विशेषरुपमा मनाइएको थियो । भानुजयन्तीमा भानुभक्त तथा नेपाली भाषालाई सम्बोधन हुनखालका विविध सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिएको थियो ।

हङकङ नेपलिज फाउण्डेशन्को संयोजन तथा हङकङ नेपाली साहित्य परिषद्को आयोजनामा विभिन्न सरकारी विद्यालयहरुमा अध्ययानरत नेपाली विधार्थीहरु एवं शिक्षकहरुको व्यापक सक्रियता देखिएको थियो ।

कार्यक्रममा भानुभक्तको जीवनी तथा नेपाली भाषाकै सेरोफेरोमा रहेर बालबालिकाहरुले आफ्ना मौलिक गीत, कविताहरु वाचन गरिका थिए । कार्यक्रममा गायक चेतमान गुरुङ, हरि श्रेष्ठले समेत घाँसी गीत प्रस्तुत गरेका थिए ।पीएच केन्द्रीय प्राथमिक विद्यालय, टिके प्राथमिक विद्यालय, बेथल हाईस्कुल, पिके कलेज, सर एलिस कादुरी माध्यमिक विद्यालयका विधार्थीहरुले कविता, जिवनी र नृत्यहरु प्रस्तुत गरेका थिए ।

हङकङ नेपाली साहित्य परिषद्का अध्यक्ष एकराज राईले सम्बोधन गरी कार्यक्रमको आयोजना बारे स्पष्ट पार्नु भएपछि शुभारम्भको कार्यक्रममा, नेपालबाहिर नेपाली भाषाको महत्व, हङकङमा नेपाली भाषाको विकासक्रम बारेमा विभिन्न विद्यालयहरुका नेपाली शिक्षकहरुले प्रष्ट पारेका थिए । भानुभक्तको देन तथा नेपाली संस्कृति झल्कने नृत्यहरु प्रस्तुत गरिएका थिए ।

कार्यक्रममा स्थानीय सरकारी विद्यालय पीएच केन्द्रीय प्राथमिक विद्यालयका प्रधानअध्यापक चोङ का लेउङले भानुभक्तको तस्बीरमा माल्यर्पण गरी सम्मान व्यक्त गरेका थिए । टिके प्राथमिक विद्यालय, पीएच केन्द्रीय प्राथमिक विद्यालय, पीके कलेज, सर एलिस कादुरी माध्यमिक विद्यालयका छात्र छात्राहरुले उत्कृष्ट नृत्यहरु प्रस्तुत गरेका थिए । विभिन्न विद्यालयहरुले भानुजयन्तीलाई आफ्नो वाषिर्क कार्यक्रम पुस्तिकामा प्रकाशित गरेका कारण कार्यक्रममा व्यापकता आएको आयोजक हङकङ नेपाली साहित्य परिषद्का अध्यक्ष एकराज राईले बताए ।

नेपाली भाषालाई स्थापना गर्नकालागि वातावरण तयार गरेको अवस्थामा सम्बन्धित विद्यालयका चिनिया मूलका शिक्षकहरु, विदेशी मूलका शिक्षकहरुले कार्यक्रम सफल बनाउनलागि विशेष भूमिका निर्वाह गरेका थिए ।

कार्यक्रममा उपस्थित नेपालीहरुलाई नन्दलाल थकरले धन्यवाद सहित कार्यक्रमको अन्त्यौलि गरेका थिए ।
तस्बीरहरुः जगतअम्बु गुरुङ