कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

हङकङमा उपन्यासकार वान्तावा सम्मानित



हेवन्लि पाथ हङकङले २५ जुलाई २०१० का सांझ प्रारंभिक वाल विकास कार्यक्रमको विधिवत उद्घाटन गरेको छ । नेपाली महावाणिज्यदूत विनोद उपाध्यायको प्रमुख आतिथ्यमा व्यानर खोली गरिएको उद्घाटन समारोहका विशेष अथिति नेपाली महासंघका अद्यक्ष प्रदिप थापा थिए, अन्य अतिथिहरुमा हेवन्लि पाथ हङकङका अद्यक्ष एञ्जल वाल कुमार राई, अभिषेक
गुरुद्धय एञ्जल धर्म तथा ओम गुरुङ, सनराइज साप्ताहिकसंग सम्वद्ध ज्येष्ठ स्वतन्त्र पत्रकार राई चन्द्र दुमि, पानथर मञ्च हङकङ तथा कियाचु अद्यक्ष कृष्णराज लावती, चर्चित फोटो पत्रकार जगत अम्वु गुरुङ, मूलवाटो डटकमका सम्पादक राई अधिराज (प्रकाश), संयोजक किन्दर राइर्, हिमाल खवर पत्रिकाका हङकङ प्रतिनिधि डम्वरकृष्ण श्रेष्ठ, एञ्जल तथा वान्तावाभाषी गीतकार प्रताप कोयु, एभरेष्ट साप्ताहिक सम्पादक तथा किराया अद्यक्ष किसन राई, साहित्यकार तथा चर्चित उपन्यासकार रामकृष्ण वान्तावा आदि थिए । फेरी स्ट्रिट जोर्डन स्थित हेवन्लि पाथ हङकङको सेमिच्योङ भवनमा सांझ सात वजे शुरु भएको सो समारोहका सभापतित्व वाल कार्यक्रम संयोजक एञ्जल प्रेम सुव्वाले गरेका थिए भने हेवन्लि पाथ हङकङका महासचिव एञ्जल मोती चाम्लिङले कार्यक्रम संचालन गरेका थिए । एञ्जल हर्क रानाले उक्त समारोहमा स्वागत मन्तव्य व्यक्त गरेका थिए । सो उद्घाटन समारोहमा हेवन्लि पाथसंग आवद्ध संयौं एञ्जलहरुको उपस्थिति रहेको थियो ।

रोजगारीको अवसर तथा कर्मथलोको खोजीसंगै विदेशीएका नेपालीहरुले हङकङमा जन्म दिएका नया पुस्ता नेपाली भाषा र नेपाली संस्कार संस्कृति वारे अति सम्वेदनशील, नाजुक र वेखवर प्रायअवस्थामा गुज्रिरहेकाले वाल्यवस्थाको प्रारंभिक चरणवाट नै यसप्रति सुसुचित गराउने दायित्व वोध गरि यो जटिल घडिमा पनि वाल कार्यक्रमको माध्यमद्धारा वालवालिकाहरुलाई प्रशिक्षण दिदै लैजाने हेतुले वाल साहित्य, खेलकुद, चित्रकारीता जस्ता विषयहरु समावेश गर्दै हेवन्लि पाथ हङकङले अर्धवार्षिक प्रारंभिक वाल विकास कार्यक्रमको आयोजना गरि अघि वढने लक्ष्य लिएको हो । हेवन्लि पाथ हङकङले छ महिने कार्यक्रमलाई भावी औपचारिक योजनाको लागी परिक्षण काल सरह मानेर ठोस निति तथा कार्यक्रम ल्याउने उद्घोष गरेको छ ।

वाल विकास कार्यक्रमको उदघाटनको सुअवसरमा चर्चित उपन्यास (सघन तुवांलो) का उपन्यासकार रामकृष्ण वान्तावालाई दोसल्ला ओढाई कदर पत्र प्रदान गरिएको थियो । उक्त उपन्यास त्रिविवि अन्तर्गत यहिं शैक्षिक सत्रवाट स्नाकोत्तर नेपाली ऐच्छिक नवौं पत्रको डायस्पोरीक साहित्यको पाठयक्रममा समावेश भए वापत उपन्यासकार श्री वान्तावालाई हेवन्लि पाथ हङकङले ससम्मान कदर पत्र प्रदान गरेको हो । हेवन्लि पाथ हङकङका अद्यक्ष एञ्जल वाल कुमार राई र ज्येष्ठ एञ्जल भीम वहादुर गुरुङले श्री वान्तावालाई दोसल्ला ओढाएका थिए भने प्रमुख अतिथि महावाणिज्यदूत विनोद उपाध्याय र विशेष अतिथि नेपाली महासंघ हङकङका अद्यक्ष प्रदिप थापा मगरको हातवाट कदर पत्र प्रदान गरिएको थियो । श्रष्टाले साहित्य श्रृजना गरिरहदा पारिवारिक वातावरण अनुकूल वनाई सहयोग पुरयाउने उपन्यासकारका धर्मपत्नि लक्ष्मी राइलाई समेत हेवन्लि पाथ नारीसंघका ज्येष्ठ सदस्य एञ्जल जुठिमाया गुरुङको हातवाट पछयौरी ओढाई सम्मान प्रदान गरिएको थियो । यस किसिमको सम्मानको पहिलोपटक हेवन्लि पाथले आरंभ गरेको छ ।

कार्यक्रमको वीच वीचमा वालवालिकाहरुले कविता, भजन, नृत्य प्रस्तुत गरेका थिए भने एञ्जल चन्द्र मादेन र एञ्जल मोती चाम्लिङले कविता वाचन गरे । समारोहलाई सम्वोधन गर्ने शीलशीलामा हेपा अध्यक्ष एञ्जल वाल कुमार राईले हेवन्लि पाथ वारे वोल्नु हुदै निकट भविष्यमा हेवन्लि पाथले हङकङमा आफनै निजि भवन खरीद गर्न गइरहेको जानकारी दिलाएका थिए । मन्तव्यमा विशेष अथिति नेपाली महासंघका अद्यक्ष प्रदिप थापाले कार्यक्रमको सह्राना गरे । शुभकामना मन्तव्यको क्रममा प्रमुख अतिथि महावाणिज्यदूत विनोद उपाध्यायले हेवन्लि पाथ हङकङको यो कदम नेपाली ऐक्यवद्धताको संज्ञा दिदै एक उदाहरणिय कार्य भन्दै प्रशंसा गरे भने उपन्यासकार रामकृष्ण वान्तावालाई सम्मान गर्न पाउंदा हर्षविभोर भएको टिप्पणी गरे । समापन मन्तव्यको क्रममा समारोहका सभापति एञ्जल प्रेम सुव्वाले भावी पुस्ताको लागी हङकङमा सवै नेपाली अभिभावक चिन्तित हुनु पर्ने वताउदै यो विशेष जिम्मेवारीवाट कोही पनि भाग्न नहुने तथ्य दोहोरयाएका थिए ।

मुलबाटाे