कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

गजल - नारायण गाउँले



पग्लिएर प्यालासम्म नझरेको भए
रुन्थें म'नि प्यूने बानी नपरेको भए !

ढाकिएछ मनको क्यारी उम्रिएर आँसु
बाँझै बस्थ्यो बरु खुसी नछरेको भए !

सासैभित्र बल्झिएर छोइएर दुख्छौ
कति टाढा हुन्थ्यौ डेरा नसरेको भए !

छट्पटी छ पर्खाइ छ तड्पाइ छ यहाँ
गरिब हुन्थें सायद स्वप्न नमरेको भए !

कलम अर्कै बहर अर्कै गजल अर्कै हुन्थ्यो
त्यो बैंसको बर्खे भेल नतरेको भए !

किन लड्नु-पर्थ्यो नाथे हुरीसँग सधैं
बत्तीसित चिनाजानी नगरेको भए !!

नारायण गाउँले