कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

ANMA/NASeA को संयुक्त सम्मेलनमा साहित्यिक कार्यक्रम हुने



आगामी सेप्टेम्बर महिनाको ३ देखि ५ तारिखसम्म संपन्न हुन गइरहेको ANMA एबम NASeA को संयुक्त सम्मेलनमा अनेसासको तत्वावधानमा भव्य प्रतियोगितात्मक कवि गोष्ठी तथा विविध साहित्यिक कार्यक्रम आयोजना गरिने भएको छ।

प्रतियोगितामा भाग लिन इच्छुक महानुभाबहरुले समयमा नै आफ्नो कविताहरु निम्न ठेगानामा इमेल मार्फत पठाई दिनु हुन आयोजक समितिले अनुरोध गरेको छ। उक्त सम्मलेनमा स्वयं उपस्थित हुन असमर्थ हुने साहित्यिक श्रष्टाहरुले पनि आ-आफ्नो रचनाहरु पठाउनु भएमा कार्यक्रममा बाचन गरिने व्यवस्था मिलाइएको छ-

साहित्यिक कार्यक्रमबारे केहि बिस्तृत जानकारी:
१. कविता नेपाली भाषामा १५० शब्दमा नबढाई लेखिएको हुनुपर्नेछ |
२. कविता कुनै पनि शिर्षकमा लेख्न सकिनेछ |
३. प्रतियोगितामा सामेल हुनका लागि कवि स्वयं उपस्थित भै कविता बाचन गर्नुपर्नेछ |
४. पुरस्कृत कविहरुलाई नगद पुरस्कार (प्रथम: १००.०० डलर, दोश्रा: ६०.०० डलर, तेश्रा: ५०.०० डलर र चौथा: ४०.०० डलर) सहित प्रमाणपत्र प्रदान गरिनेछ |
५. उक्त पुरस्कारको प्रयोजन डा. विश्वराज आचार्यले “अनेसास जनार्दन-लिला साहित्यिक पुरस्कार” का नामबाट गर्नुभएको छ |

मिति: सेप्टेम्बर ४, २०१० शनिबार |
समय: अपरान्ह ३ देखि ५ बजे
स्थान: Hilton Hotel
369 West Vine Street
Lexington-Fayette, KY
संपर्क:
१. शेखर ढुंगेल (510-207-3791) Email: shekhar1962@gmail.com
२. नगेन्द्र न्यौपाने (919-468-1450 ) Email: nagensharma@gmail.com
३. राजेन्द्र खतिवडा (859-492-0200), KY, Email: rkhatiwada@aol.com
४. ज्ञानेन्द्र गदाल, (303-229-2039) Email: gadalg@hotmail.com
५. मुकेस सिंह, (614-370-9652) Email: mukeshsingh@hotmail.com
६. राजा घले, (404-447-8272) Email: rajaghale@aol.com
७. सुमन तिम्सिना, NRNA (610-209-6459) Email: nrnnacc@gmail.com

भबदिय,
शेखर ढुंगेल
संयोजक, अनेसास साहित्यिक समारोह, ANMA / NASeA संयुक्त सम्मेलन