कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

BFBS रेडियो कविता प्रतियोगिता हुदै


विश्वब्यापी रेडियो कविता प्रतियोगितामा भागलिनको लागि प्रावधानहरु,


• हालमा प्रतियोगिताको लागि कविताहरु रेकर्ड गराउने क्रम जारी ।
• कविता रेकर्ड गराई सक्नुपर्ने अन्तिम दिन, सेप्टेम्वर महिनाको १९ तारीख ।
• युके बाहिरको प्रतियोगिले भाग लिन चाहनु हुन्छभने, ], 0044 1303 225 779, Or 01303 246 730 आफैले रेकर्ड गरेर , bfbsgurkha@bfbs.com मा मेल गरेर पठाउन सक्नु हुनेछ ।
• यदि हामीले तपाईहरुलाई फोन गरेर कविता रेकर्ड गराउन चाहनु हुन्छभने, आफ्नो फोन नम्वर yogsampang@hotmail.com मा मेल गरेर पठाउन सक्नु हुनेछ ।
• कविता रेकर्ड गराउनु हुदा, आफ्नो छोटो परिचय दिएर कविता वाचन गर्नुपर्ने छ ।
• कविताहरु रेकर्ड भइसकेपछि, २ हप्तासम्म कार्यक्रम प्रसारण गरिने दिन र समयको जानकारी गराइने छ ।
• मूल्यांकनकर्ताहरु बिभिन्न देशहरुबाट ४ जना चयन गरिने छ ।
• कार्यक्रम २ हप्ता प्रसारण गरिने छ । र बिभिन्न देशहरुमा रहनुभएका मूल्यांकनकर्ताहरुले प्रतियोगिहरुको प्राप्तअंक पठाउनु भएपछि, चारैजना मूल्यांकनकर्ताहरुको अंक जोडिने छ । अनि प्रथम, द्वितीय र तृतीय हुने प्रतियोगिहरुको नाम प्रत्यक्ष वेलायतको स्टुडिया, काठ्माण्डौ स्टुडियो र बिभिन्न वेभसाइट्हरु र पत्रपत्रिका मार्फ र्सार्वजानिक गरिने छ ।
• प्रथम हुने प्रतियोगिलाई चाम्स् फिल्मस् प्रोडक्सनद्वारा प्रायोजित अवार्ड, प्रमाणपत्र, बिएफ्बिएस् चिन्ह अंकित पुरस्कार र लण्डन कलेजअफ् इन्जिनियरीङ्ग एण्ड म्यानेजमेन्टद्वारा प्रायोजित नगद १५ हजार रुपैया प्रदान गरिने छ । त्यस्तै, द्वितीय र तृतीय हुने प्रतियोगिलाई पनि बिएफ्बिएस् चिन्ह अंकित पुरस्कार, प्रमाणपत्र र लण्डन कलेजअफ् इन्जिनियरीङ्ग एण्ड म्यानेजमेन्टद्वारा नै प्रायोजित नगत क्रमशः १० हजार र ५ हजार रुपैया प्रदान गरिने छ ।
• चाम्स् फिल्मस् प्रोडक्सनद्वारा अवार्ड चाहि प्रत्येक वर्षो विजयी प्रतियोगिलाई रनिङ्ग शिल्डको रुपमा हरुतान्तरण गरिदै जानेछ । यदि युके बाहिरको प्रतियोगिले जित्नुभएमा भने, उक्त अवार्डमा विजयी प्रतियोगिको नाम लेखेर, बिएफ्बिएस्मै अर्को बर्षम्म राखिने छ ।
• • अझै केहि जिज्ञाशा भए, कृपया 0044 7728 944 846 अथवा,
yogsampang@hotmail.com मा मेल गर्न सक्नु हुनेछ।