कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

अक्षर खेति




लिखित-अलिखित
भाग्योदयको क्रम
अब छैटीमा सीमित नहोस् !!
कलमहरु ब्यस्त छन आजकल !!
भ्याउन्नन अब भाग्य लेख्न !!
आफ्नो भाग्य आँफै लेखौं !!
कर्म गरौं !!कर्म गरौं !!कर्म गरौं !!

आज,
कलमहरु डाँडा/पहरा हरुमा
खेत खलीयान -जताततै
अक्षर रोप्दैछन !!
अक्षरकै खेती गर्दैछन

नजिस्क्याउनु/नखोतल्नु अब अक्षरलाइ
किनकी
यी अब
भुकुवा - भतुवा कुकुर रहेनन !!
यी त ज्याद्रा/टोकुवा पो भा'छन !!

यसरी,
अक्षर/शब्द/वाक्य खेती
मौलाउंदै गरेको मधुर घडीमा
हे ''मानिस'' नजन्मिएका मानिस हो !!
तिमीहरुका आँखाहरु अब छोपी हाल !!
बरु,
सक्छौ भने कान पनि थुन !!
ता की यी स्वर्णिम शब्द-फल/गुन्जन
तिमी निर्धाहरुले खान/सुन्न नपरोस् !!

विवश विप्र