असामान्य असहजता माझ
कहिले हर्सोल्लासमा त कहिले डाँको छोडेर
बिहब्बल हुँदै मेरै हातको कुलो मार्फत खाली गरामा केही रोपौ भन्छ
मेरा कबिताहरु
कहिले चुहिएका झुपडीमा फाटेको मुजेत्रो चियाउदै
फुटेका पैताला हरुमा टुशारोले एक्लौटी शासन जमाएको देखी सहन नसकेर
अग्ला अग्ला अलिशान पहाडलाई
एउटै तराइमा एकै रङ्गले पोतिदिउ भन्छ
मेरा कबिताहरु
कतै हिउदे बाढी गइ रहेको बेला
काकल कुकल कराएको सुन्दै अन्यायको चस्मा उतार्न लगाउदै
सभ्यता र नैतीकताको टोक्मा बनेर कुना कन्दरा अड्याउ भन्छ
मेरा कबिताहरु
उज्यालोमै अध्यारो खोज्ने हरु
अनी अध्यारोमा पनि उज्यालो नपाउनेहरु
कतै भन्दा बेसी कतै अभाबको पनि खडेरी
अब्यबस्थित र अमिल्दो
घरी घरी पीडाबनेर दुख्ने धजा फाटेको मनहरु माझ
चट्याङ भएर बर्षात पोखाउ भन्छ
मेरा कबिताहरु
श्याम लामा (ग्लान)
माझुवा, सिन्धुली
हाल: दोहा, कतार
कविता
मेरा कबिताहरु
मेरा कबिताहरु
सम्प्रेषक - कृष्णपक्ष :
साहित्यसंसार डट कम
साहित्यसंसार
साहित्यसंसार डट कम अनलाइन साहित्यिक पत्रिका हो । नेपाली भाषा साहित्यमा भएका विविध गतिविधिहरूको जानकारी तथा साहित्यकारहरूका सिर्जनाहरू क्रमबद्ध रुपमा संकलन गर्ने इन्टरनेट थलोको रुपमा यसलाई लिन सक्नुहुन्छ । लेख, रचना तथा साहित्यिक समाचार पठाउन हाम्रो इमेल ठेगाना - info@sahityasansar.com