कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

गीतकार गीता खत्रीको गीति संग्रह सम्झनाका तरेली”को लोकार्पण



नेपालबाहिर रहेर नेपाली कवितागीतगजल सिर्जना गर्दै नॆपाली कवितामा आफ्नो पहिचान खोज्ने स्रष्टा गीता खत्रीको गीत सङ्ग्रह सम्झनाको तरेलीको २०६७ भदौ ४ गते शुक्रबार अगष्ट २० २०१० राजधानीको नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा विमोचन गरियो । नारीसाहित्य प्रतिष्ठानद्धारा आयोजित सो कार्यक्रममा प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति वैराग्ाी काइँलाले उक्त कृति लोकार्पण गर्नुभएको थियो । सोही कार्यक्रममा कुलपति काइँलाले नारीसाहित्य प्रतिष्ठान र
सरस्वती सङ्गीत निकेतनका तर्फबाट सम्मान प्रदान गर्नुभएको थियो ।

प्रतिष्ठानकी अध्यक्ष गीता कार्कीको अध्यक्षतामा सम्पन्न सो समारोहमा प्रमुख अतिथि वैरागी काइँलाले छोटो र आकर्षक विधा गीतमा गीताले जीवनका विविध आयामको सरल र सङ्क्षिप्त प्रस्तुति दिएर सफलता हासिल गरेको बताउनु भयो । वरिष्ठ गीतकार डा। कृष्णहरि बरालले गीताका गीतमा देशप्रेमआकाङ्क्षा विछोड हर्ष पीडा दर्शन प्रेम विरह आदि विषय प्रसङ्गहरु उल्लेख भएको बताउनुभयो । वरिष्ठ समालोचक डा।गोविन्दराज भट्टराईले डायस्पोरिक साहित्यका माध्यमबाट आफ्नो मातृभूमिप्रति अगाध प्रेम र श्रद्धाभाव व्यक्त गरेको चर्चा गर्नुभयो । सो कार्यक्रममा नारीसाहित्य प्रतिष्ठानका सल्लाहकार रामप्रसाद दाहाल संरक्षक गीताकेशरी नाट्यकर्मी हरिबहादुर थापा बाबा बस्नेतसन्ध्या पहाडी लगायतका व्यक्तिहरुले आफ्ना विचार व्यक्त गर्नुभएको थियो भने गीतकार श्रीमती गीता खत्रीले आफ्नो सिर्जना यात्राबारे बताउँदै एउटा रचना वाचन गर्नु भएको थियो । गीतकार खत्री अन्तराष्ट्रिय नेपाली साहित्य समाजको महासचिवजस्तो गरिमामय पदमा निर्वाचित हुनुभएकोमा नारीसाहित्य प्रतिष्ठानले वधाइ ज्ञापन गरेको थियो ।