कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

सिलिगुढीमा साहित्यिक भेटघाट कार्यक्रम



अगष्ट २१, २०१० । सिलिगुरी भारत ।

मतिगढा गोर्खा कल्याण संघ सिलिगुरी वेष्ट वंगाल भारत र साझा प्रकाशन काठमाडौंको आयोजनामा साहित्यकारहरुको भेटघाट कार्यक्रम सम्पन्न भएको छ । सो अवसरमा काव्य प्रस्तुती र अनुभव आदान प्रदान भयो । संघका अध्यक्ष युवराज खतिवडाको अध्यक्षता तथा अनिल पौडेलको प्रमुख आतिथ्यमा भएको समारोहमा नेपालबाट नवराज सुब्बा, खेम नेपाली र जे.बि. थुलुङले र भारतका ज्ञानेन्द्र खतिवडा, लक्ष्मण सिमल, बि.बि. विश्वकर्मा, गौरी सुब्बा प्रधान, राजन ढकाल, सन्तोषकुमार क्षेत्री लगायतका साहित्यकारहरुले आ आफ्नो रचना वाचन गर्नु भएको थियो ।