कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

गज़ल - गोबर्धन पूजा



कति दुख दिन्छ्स दैव कति पीड़ा दिन्छ्स
आंशु जति हाम्रो भागमा ख़ुशी तैले लिन्छ्स

जहाँ गहिरो त्यही पहिरो भन्ने तंलाई थाहा छ
दुखियाको नाम , ठाम, घरैसम्म चिन्छ्स

लुरुलुरु आउछस सधै पीड़ा बोकिबोकी
अरुलाई लदाएर सानसंग हिन्छ्स

यो पूजाले आज तंलाई गर्छ एउटा प्रस्न
बिक्रीमा छ यो ज़िन्दगी भन कैले किन्छ्स ?

कति दुख दिन्छ्स दैव कति पीड़ा दिन्छ्स
आंशु जति हाम्रो भागमा ख़ुशी तैले लिन्छ्स


गोबर्धन पूजा

अगस्त २०१० , बोस्टन, अमेरिका