कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

हृदयमै प्रेमको मूल

हरि मानन्धर "विवश"
हृदयमै प्रेमको मूल फुटाउँ जस्तो लाग्छ ।
जिन्दगी नै उनकै प्यारमा लुटाउँ जस्तो लाग्छ ।

सक्तिन भो भन्नु पनि मनका पीडा सबै
मन बाँघेरै दुईचार कुरा जुटाउँ जस्तो लाग्छ ।

भैगो भन्दै मनका आशेष् कुल्चिएर सबै
पिरतीको कच्चा धागो टुटाउँ जस्तो लाग्छ ।

नियतीको चलखेलमा लुँछाचुँडी भन्दा
प्रेम रूपि जेलबाट छुटाउँ जस्तो लाग्छ ।

सँगालेर आत्म विश्वास अघि परे पछि
मायालु ती उनकै हातले चुटाउँ जस्तो लाग्छ ।

कस्तो रैछ माया भन्नु चोट परे पनि
जोरगाँस गर्दै उध्रेको दिल खुटाउँ जस्तो लाग्छ ।

हरि मानन्धर "विवश"
क्याक्मी ९, स्याङ्ग्जा