कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

बेल्जियममा सिद्दिदास अमात्यको १४४ औ जन्मजयन्ती तथा पुस्तक बिमोचन






नेपाल भाषाका महाकबि सिढिदास अमात्यको १४४ औ जन्मजयन्ती आईतबार, अक्टोवर १०, २०१० का दिन मनाउन पासा पूच बेल्जियम द्वारा सल्लाकार सुरेन्द्रमान अमात्यको सम्योजकत्वमा मा सँयोजक समिति गठन गरिएको छ। उक्त समितिका सदश्यहरुमा श्रीमती अनुजा प्रधान, सुर्य नारायण श्रेष्ठ, बिनोद महर्जन, दिर्घ मान श्रेष्ठ, सागर श्रेष्ठ र श्रीमती रुक्मिनी अमात्य रहनु भएको छ ।

उक्त कार्यक्रम का साथै सोही दिन महाकबिबाट नेपाल भाषामा रचना गर्नु भएको उहाको पहिलो कृति सज्जन हृदयभरन पुस्तकलाई नेपाली भाषामा अनुवाद गरिएको पुस्तकको पनि महामहिम राजदूत प्रमेश कुमार हमालबाट बिमोचन गरीने भएको छ।

उक्त जन्मजयन्तिमा आफ्नो कबिता बाचन गर्न वा पठाउन इछुक महनुभाब् ले ruku4@hotmail.com मा पठाउन वा आफै लिएर उपस्थित हुन पनि अनुरोध गरिन्छ ।

Amatya Surendra Man.
Rue VanderhoevenStraat-12
1210 Bruxelles.
Belgium