कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

यूएईमा फेरि हुने भो गजल मुशायरा -





अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज यूएई च्याप्टरले एक प्रेस विज्ञप्ति प्रकाशित गरी यही १७ सेप्टेम्वर २०१० कादिन आयोजना गर्ने भनिएको १४५औं मोती जयन्ती विशेष कारणवश आगामी अक्टोवर ०१ तारिक सम्मका लागि स्थगित गरिएको जनाएको छ । यूएईव्यापी गजल मुशायरा गर्दै धुमधामका साथ मोतीजयन्ती समेत मनाउने भनिएको उक्त कार्यक्रम आगामी अक्टोवर ०१ तारिक शुक्रवारका दिन दुबईको काल्र्टन टावर होटलमा भव्यताका साथ सम्पन्न गरिइने भएको छ ।


च्याप्टरका अध्यक्ष समदर्शी काईंला द्वारा हस्ताक्षरित सो विज्ञप्तिमा नेपाली भाषा साहित्यको क्षेत्रमा बहुचर्चित गजलकार तथा युवाकवि मोतीराम भट्टको जन्मजयन्तीको अवसरमा गजल मुशायरा कार्यक्रम धुमधामसँग गरिइने बताइएको छ ।नेपाली भाषा साहित्यको डायस्पोरल इतिहासमा गजल विधा निकै चर्चित बनेकाले यस्ता कार्यक्रमहरु गर्दा प्रवासमा रहेर कलम चलाउने प्रत्येक साहित्यकार
का निम्ति यो अत्यन्तै महत्वपूर्ण अवसर हुने विश्वास हामीले लिएका छौं विज्ञप्तिमा भनिएको छ । यो रोमाचक कार्यक्रममा भाग लिन चाहने साहित्यकारले आफ्नो गजल यात्राको छोटो विवरण सहित आफ्ना ५-५ वटा गजल प्रीति फन्ट यूनिकोड रोमन लिपी या स्क्यान गरी आगामी २४ सेप्टेम्वर २०१० सम्ममा आयोजक समितिलाई उपलब्ध गराइदिन सबैसँग आग्रह गर्दै सो विज्ञप्तिको अन्तमा भनिएको छ गजल पठाउन इच्छुक गजलकारले अनेसास यूएई च्याप्टर को ई-ठेगाना inlsuae@gmail.com या inlsuae@yahoo.com मा पिन आफ्नो रचना पठाउन हार्दिक अनुरोध गर्दछौं ।

विरही रिजाल अबुधाबी यूएई