कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

कवि तथा निवन्धकार केदार सुनुवार 'सङ्केत'को नियात्रा एथेन्सको झरीको लोकार्पण

डा. तुलसी भट्टराइ केदार सुनुवार सङ्केतको एथेन्सको झरी विमोचन गर्नुहुँदै


कवि तथा निवन्धकार केदार सुनुवार 'सङ्केत'को नियात्रा एथेन्सको झरी राजधानीमा एक समारोहका बीच लोकार्पण गरिएको छ। पुर्व ब्रिटिस सैनिक सुनुवारले पुस्तकमा सेना हुँदाका वखतको पन्ध्र बर्षको अनुभवलाई नियात्राको शैलीमा समेट्नु भएको छ। विमोचन कार्यक्रममा समालोचक प्राध्यापक डाक्टर गोबिन्दराज भट्टराइले पुस्तकको बारेमा चर्चा गर्नुभएको थियो। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले प्रकासित गरेको सो पुस्तकलाई टिप्पणीकारले प्रवासी साहित्यको अब्बल कृति भनेका छन्। संकेतका यसअघि कविता, संस्मरण, गीत, गजल सहितका पाँच वटा कृति प्रकासित भैसकेका छन्।

एथेन्सको झरी नियात्रा संग्रह सो कार्यक्रमका प्रमुख अतिथि डा. तुलसी भट्टराइले विमोचन गर्नु भएको थियो ।