कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

अनलाइन लिटरेचरस साहित्यिक पुरस्कार तथा सम्मान २०१० को घोषणा




घर देश तथा परदेशमा रही नेपाली भाषा र साहित्यको उत्थान एवम श्रीवृद्धिमा आफ्नो अमूल्य समय खर्च गरि योगदान पुर्याउनु हुने विभिन्न विधाका श्रस्टाहरु साथै साहित्य साधनामा अनवरत लागिरहने श्रस्टाहरुलाई पुरस्कृत एवम सम्मान गर्ने परम्परा सुरुवात गरेको जानकारी दिन पाउँदा हामीलाई अत्यन्तै खुसि लागेको छ | श्रस्टाहरुको भाषा, साहित्य, कला एवम संस्कृतिलाई जगेर्ना गर्दै नेपाली साहित्यलाई उत्तरआधुनिक साहित्यको दौडमा ससरीर उपस्थित गराउने,आफ्नो मौलिक रचनाहरुलाई नयाँ परिवेशमा स्थापित गराउने,विश्व रंगमंचमा नेपाली साहित्यको पहिचान खोज्ने जुन इमान्दार प्रयास छ त्यसलाई सम्बर्द्धन गर्नु,बातावरण बनाइदिनु, पुर्बधार निर्माण गरिदिनुका साथै श्रस्टाहरुको उचित मुल्यांकन गर्नु पनि हाम्रो संस्थाको प्राथमिकता भित्रने पर्ने कुराहरु हुन् |यस बर्ष हामीले संसारभरिका नेपाली भाषीहरु मध्यका १४ जना श्रस्टाहरुलाई पुरस्कृत गर्ने र तीन जनालाई सम्मान गर्ने निर्णय गरेका छौ | पुरस्कृत एवम सम्मानित श्रस्टाहरुमा हार्दिक बधाई एवम उत्तरोत्तर प्रगतिको कामना ब्यक्त गर्दछौ |

साहित्यिक चौतारी पुरस्कार तथा सम्मान २०१०
‘अनलाइनलिटरेचर्स डट कम’ ले “अनलाइनलिटरेचर्स डट कम साहित्यिक चौतारी पुरस्कार तथा सम्मान २०१०” निम्न सर्जक तथा स्रष्ठाहरुलाई प्रदान गरेको छ, पुरस्कृत तथा सम्मानित सवैमा हार्दिक वधाई छ ।
विधा:
1. कविता - गोपीकृष्ण प्रसाई (बेलायत) र दीप्स शाह (इजरायल)
2. कथा - जया राई (बेलायत) र सीमा आभास (काठमाण्डौ)
3. नियात्रा - खेमनाथ पौडेल ‘बन्दिपुरे माईलो’ (यूएइ)
4. संस्मरण - शर्मिला खड्का (दाहाल)
5. निवन्ध - सुवीसुधा आचार्य (काठमाण्डौ)
6. गीति - हेमन्त परदेशी (कतार) र उमा सुवेदी (इजरायल)
7. गजल - दीपक समीप (पोखरा) र भानु सुनुवार तिरस्कृत (कतार)
8. मुक्तक - बिष्णुप्रभा सापकोटा (काठमाण्डौ) र हरि मानन्धर ‘विवश’ (इजरायल)
9. हाइकु - शिशिर पोखरेल (यूएइ)


अनलाइनलिटरेचर्स डट कम साहित्यिक चौतारी सम्मान २०१०”
प्रवासमा रहेर पनि निरन्तर साधनारत श्रष्टाहरु
1. श्री टंक वनेम (बेलायत),
2. श्री दयाकृष्ण राई (बेलायत), र
3. श्री विश्वासदीप तिगेला (बेलायत)