कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

विजयोत्सव

हरि मानन्धर "विवश"

समुन्द्रको किनारमा मेरो आफ्नो प्रकाशन हुनै लागेको पुस्तकको को नाम कोर्दै ।

उत्सवहरू(मेरो आफ्नै)को रौनकसँगै
धैर्यताको बाँध टुटाएर
विजयोत्सव मनाउन
उचालिँदैछु
उछल्लिँदैछु

उमंगले भरिएको
मानसपटलका लहरहरूमा
सान्त्वनाका परिवन्दहरूसँगै
घोत्लिँदैछु
घोरिँदैछु

समयको कालचक्रहरूमा
भविष्य रेखा बटुल्न
मरूभुमिय बालौटाहरूमा
म एक अतृप्त प्यासी
मनको रित्तो गाग्रो लिएर
कुददैछु

सपनाका विम्बहरूलाई
यथार्थको धरातालबाट
सतह भन्दा माथि उठेर
कल्पनाका क्षितिजहरूमा
नियाल्दैछु

समुन्द्री किनारहरूमा
कहिल्यै नमेटिने गरि
विवश कलमहरूबाट
सुन्दर भावनाहरूले
कोर्दैछु
असूचित विम्ब ध्वनि ।