कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

देवकोटाको १०१ औं जन्म जयन्ति मनाईने




अन्तराष्ट्रिय नेपाली साहित्यिक समाज, बेल्जियम च्याप्टरको आयोजनामा महाकवि लक्ष्मी प्रसाद देवकोटाको १०१ औं जन्म जयन्ति विविध साहित्यिक कार्यक्रमका साँथ मनाईने भएको छ।

बेल्जियम लुभेन स्थित Mathieu de layensplein-1,Laangetrappen Restaurant मा यहि नोभेम्वर ६ तारिख शनिवारका दिन आयोजना गरिएको उक्त्त कार्यक्रमलाई भव्य रुपमा सम्पन्न गर्नको लागि दीपक ज्योति पौडेलको संयोजकत्वमा विमल गिरि ,कुम शाही, दीपेन्द्र के .सि, सञ्जु बजँगाई ,पंचम अधिकारी, बोधराज पौडेल, सूर्य ढकाल, शैलेश कुमार मल्ल, विपिन खड्का, क्रीसा शर्मा, जगदिश सापकोटा, रुक्मिणि अमात्य,कमल के.सी, गोबिन्द सिंह अधिकारी, परमानन्द सापकोटा,नारायण पौडेल, बिष्णु सापकोटा, मोहन खत्री, दुर्गा गैरे ,नरहरि सापकोटा, विनोद धिताल र जे.वि शेर्पा सदस्य रहेको २३ सदस्यिय आयोजक समिति समेत गठन गरिएको छ।

महाकवि देवकोटाको साहित्यिक जीवनीको चर्चा परिचर्चा सगैं दिनको ठिक २.३० बजे वाट शुरु हुने उक्त्त साहित्यिक समरोहमा आ-आफ्ना रचना सहित उपस्थित हुन बेल्जियम स्थित सम्पूर्ण साहित्यिक स्रष्ट्राहरुलाई हार्दिक अनुरोध गरिएको छ। वेल्जियम वा अन्य कुनै पनि ठाँउ वाट आफ्ना रचना पठाउन चाहनु हुने साहित्यिक स्रष्ट्राहरुले sabdanjali@gmail.com ईमेल मार्फत पठाउन सक्नु हुनेछ। जुन रचना हरुलाई उक्त्त साहित्यिक कार्यक्रममा वाचन गरिने जानकारी अन्तराष्ट्रिय नेपाली साहित्यिक समाजका वरिष्ठ उपाध्यक्ष तथा बेल्जियम च्याप्टरका अध्यक्ष कृष्ण बजँगाईले जानकारि गराएका छन्।