कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

२ गजल- गणेश "बिकाश" भेटुवाल



गणेश "बिकाश" भेटुवाल
इशिबू - ९ तेह्रथुम

१)

सारा संसार जलोस तिम्रो, मन जल्न हुन्न !
पहाड नै ढलोस प्रित्मा, विश्वास ढल्न हुन्न !!

दुनियाले जे जे भनोस, दैबै लागेपनि
बोल्नेकै मुख गलोस तर, हामी गल्न हुन्न !


इज्जत इमान सारा आफ्ना, बहु मूल्य बस्तु
छोडी अन्तै चलोस हाम्लाई, हामी चल्न हुन्न !

संसारलाई बाधी राख्ने, पिरतीमा पनि
छल्छ भने छलोस दैब, हामी छल्न हुन्न !

कालान्तरमा यहिँ कथा, अम्मर बन्छ भने
"बिकाश" नै बलोस बोरु, सत्य बल्न हुन्न !!!



2) गज़ल - बर्षौ भयो !

पर्देश्का माइती घर, नआएको बर्षौ भयो !
सप्तरंगी टिका लाउँन, नपाएको बर्षौ भयो !!

हाट-बजार मेला-पात,रोदीघरमा झ्याउरे गाउँछु
तिहारमा देउशी भैलो, नगाएको बर्षौ भयो !


डाली-डाली मखमली, मुस्कुराउछ्न उनकै लागि
माला उनि गला भरि, नलाएको बर्षौ भयो !


उनि आउँने बाटो ऋणले, थुनेरपो हो कि कतै
चेली सम्झी तिहारमा, नधाएको बर्षौ भयो !


एक्लै एक्लै पर्देशमा, बाध्यताले हाँस्दै होलान
घरमा पनि खुशियाली, नछाएको बर्षौ भयो !


बाचा थियो पोहोर सालको, पुरा गर्ने हो कि यो साल
चाडपर्वमा आमाले गाँस, नखाएको बर्षौ भयो !