कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

जिन्दगीको अर्थ खोज्दा

राजन रिमाल
कुवेत

सानो कुईनेटो बाट
वालुवाको पटाङगीनीसम्म
स्वर्गको टुक्रो भित्र
सपनाकी शहाज्यादी सगै
कल्पनाको राजमार्गमा
जति गढगढाहट भए पनि
जिन्दगि अभिषाप जस्तै भो
काला या गोरा
धनी या गरिब
आफ्नै पन
आफ्नै दुनियाँ
शायद ललाटमा यस्तै होला
देउरालीका  धजा जस्तै
कितिर्नाले खाए जस्तै
हर ढाक्ने वस्त्र
त्यस भित्र पनि आफ्नै अर्थ
पेट कोक्याउदा मन कोक्याएन
भन्नु पर्ने बाध्यता
देउरालीको धजा जस्तै
मन फाट्दा फाटेन भन्ने धैर्यता
अर्खु र अरेलीले चिथरेको घाउ जस्तै
भव्बाएको मन
पोथ्राहुन या खोक्रा
चुसेर फालेका बोक्रा
तालू बाटै मेची र कालीको
मूल फूटाउदा पनि
कल्पनाकै दुनियाँमा
यथार्थ सँगाल्दा पनि
देख्दा देख्दै लज्जावती जस्तै
लजाउदा पनि
अनूभूतिलाई क्रूरहरुमा
दाहा संस्कार गर्दा पनि
लक्ष्य र उदेश्यलाई
तिलाञ्जली दिदा पनि
खुश छैनन यहाँ नर पिशाचहरु,
दैत्यहरुको अदालतमा
हावा पानी र धर्तिको बण्डा भए
प्यास लाग्दा प्यास बुझाऊने पानि झै
श्वास फेर्नका लागि बण्डा खल्तिमा नहँदा
गरीब नमर्ला भन्न सकिन्न ।
रोग, भोग, शोक सँगै धर्तिमा पछारिदा
काग चील र गिध्दहरुलाई निमन्त्रणा दिदै
हेर्ने छन गरीबको कन्तबिजोक
धर्तिका जल्लादहरु ।
(डायरीबाट)