कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

हङकङमा देवकोटाजयन्ती सम्पन्न


देवराज राई

हङकङ । ६ नोभेम्बर २०१०
भाषा जातिको प्राण हो । भाषा समाज निर्माणको आधार हो । भन्दै यसपालि पनि हङकङमा विभिन्न विद्यालयहरुको संलग्नतामा महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्ती लक्ष्मीपूजाका दिन अर्थात ५ नोभेम्बरको साँझमा एचएस प्राथमिक विद्यालयमा गएको वर्षहरुमा जस्तै भव्यरुपमा सम्पन्न भएको छ ।
विभिन्न विद्यालयका प्रधानध्यापक, शिक्षक, विधार्थी, अभिभावक तथा तिनका बालबालिका, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, साहित्यकार, पत्रकारको उपस्थितिमा सम्पन्न भएको कार्यक्रममा भाषा, साहित्य र संस्कृतिको आधारमा समाज उठान, नेपाली भाषा तथा साहित्य विकासमा महाकवि देवकोटाको देनबारे चर्चापरिचर्चा गरिनुका साथै विधार्थीवर्गबाट देवकोटामा समर्पित कथा, कविता, लेख, गीत, निबन्धादि प्रस्तृति गरिएको थियो ।


देवकोटाजयन्ती कार्यक्रममा हङकङका नेपाली विद्यार्थीहरुको रचनासंगालो अनुभव अुनभूति साहित्यक पत्रिकाको दोश्रो अंक सार्वजानिक गरिएको थियो । अनुभव अनुभूति पत्रिकामा हङकङमा जन्मिएका, यही हुर्किएर नेपाली भाषा अध्ययन गरिरहेका नेपाली नानीहरुको रचनाहरुलाई संग्रह गरिएको छ । देवकोटाका कृतिहरु वाचन तथा विभिन्न विद्यालयहरुले नेपाली संस्कृतिसँग नजीक रहेको लोक तथा आधुनिक नृत्यहरु प्रस्तुत गरेका थिए ।


हङकङ नेपाली साहित्य परिषद्को आयोजनामा हङकङ नेपलीज फाउण्डेशन्ले संयोजन गरेको कार्यक्रममा परिषद्का अध्यक्ष एकराज राईले हललाई संबोधन गरेपछि शुभारम्भ भएको कार्यक्रममा २ घण्टासम्म नेपाली भेषभूषामा सजिएका नेपालीहरु खचाखच भरिएको हलमा विधार्थीवर्गले आफ्ना कला प्रस्तुत गरेका थिए । कार्यक्रममा आइकेटी कलेजका नदिम, नन्दलाल थोकर, लिप्पोचुन युनाइटेट वल्ड कलेजकी तृप्ति गिरीले, एचएस स्कुलकी मिस लिले पनि कार्यक्रमलाई सम्बोधन गरेका थिए ।
कार्यक्रममा विभिन्न सरकारी विद्यालयहरु पीएच केन्द्रीय प्राथमिक विद्यालय, पिके कलेज, टीके प्राथमिक विद्यालय, आइकेटी कलेज, बेथल हाई स्कुल, क्यारिटास माध्यमिक विद्यालय,डेलिया स्कुल, सगरमाथा किन्डरगार्टेनका छात्र, छात्राहरुले देवकोटाजयन्ती २०१० मा सहभागिता जनाएका थिए ।
कार्यक्रम साँझ ६ः४५ बजेदेखि ९ बजे साँझसम्म सम्पन्न भएको थियो । कार्यक्रमलाई हङकङ नेपालीज फाउण्डेशनका अमोद राईले अन्त्यौली गरेका थिए ।