कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

देशै जल्न थाले पछि

हरि मानन्धर "विवश"


देश भित्र अन्यायको आगो बल्न थाले पछि
उठ्नु पर्छ एकजुट भइ, देशै जल्न थाले पछि

अत्याचारले सिमा नाघे, हामी माथि घात गरे
सहि बस्न हुन्न अब, सिधै छल्न थाले पछि

अप्ठ्यारोमा पर्दैछ देश, स्वाभिमान हराउँछ कि
शान्ति छाडि विदेशीको पाउ मल्न थाले पछि

चेतनाको कमि भए, संरचना भत्काउँदै
छिमेकीको इशारामा उनै चल्न थाले पछि

हिम्मत अझै बाँकी नै , बीर नेपाली गोर्खालीको
देखाउनै पर्ने भयो, देशै ढल्न थाले पछि

जागेों उठेो नेपाली हो, देश हामी सबैको हो
देश भित्रै अशान्तिको बीउ फल्न थाले पछि