कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

कविता - सृष्टि माथि एक दृष्टि मनको !

 मनु लोहोरूङ


समथरबाट पहाड उक्लिँदैमा
चोमोलोंङ्मा पुग्न सक्दैनौं
पहाडबाट तराई झर्दैमा
मेरिआना स्ट्रेंन्च देख्न सक्दैनौं
अहंकारको बायुपंखी घोडामा
आकाश नियाल्दै सवार हुँदा
आफ्नै गोहोमा अल्मलिएका  हामी
एउटा मूलबाटो निस्किने
सोतो मै अटास मटास गर्दैछौं l

इतिहासका पानाहरु च्यातेर
गरम् गरम् चपाउदा
उज्यालो आकृतिका
भित्ताहरु ढल्न खोज्दैछन्,
समाबेशीको बिगुल फुक्दा
बौद्ध धामका रुङ्सुङ् वस्तीहरुमा
ध्वनि प्रदुषण हुँदा अहिंशा रुँदैछ l
आफ्नो रंग खोज्ने निहुँमा
आरोपको हिलो छ्यापा छ्याप् छ l
आफ्नै यो खलेगरो भित्र !

ढुंगा र रुखलाई देउता मान्नु
मानव मनको आस्था हो
सृष्टि अनुरुप पृथ्वी हेरौं,
वनस्पति सबै सजिव हुन्
ढुंगा निर्जीव हो (विज्ञान अनुसार)
तर....
पृथ्वीमाथि हामी आश्रित/जीवित छौं
मान्छे सजिव प्राणी हो l
सृष्टि/प्रकृतिको उत्कृष्ट सृजना !

तर किन मान्छे-मान्छे बीच दरार छ ?

ढुंङ्गा-माटो बिनाको धर्ती
सम्भव होला र ?
कुनै उल्का पिण्ड हुँदो हो
एका-आपसमा ठोक्किएर उछिटिदा
छुट्टै ग्रह बन्दो हो
त्यहाँबाट पनि उछिटिदो हो
कालन्तरमा !

खडेरी मनको मरुभूमि माथि
चेतसुन्य  यो ग्रिनहाउसमा
राष्ट्रियताको बीउ उम्रिदैन
अनेकताको फूल फुल्दैन
यहाँ,,,,,,,,,
समानताको पानी चाहिन्छ
सम्मानको मल चाहिन्छ
समभावको गमला चाहिन्छ
एकताको माटो चाहिन्छ !!!