कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

अनेसास कोलोराडो च्याप्टर अन्तर्गत "साहित्यिक यात्रा" कबि गोष्ठी सम्पन्न



कोलोराडो
नोभेम्बर २७


अनेसास/कोलोराडो च्याप्टर अन्तर्गत नियमित कार्यक्रम "साहित्यिक यात्रा" कबि गोष्ठी आचार्य प्रभाको आतिथ्यमा कबि केशब आचार्य/आचार्य प्रभाको कोठामा सम्पन्न भयो । प्रत्येक महिनाको अन्तिम शनिबार हुने यो कार्यक्रम बिगतदेखी प्रत्येक साहित्यनुरागीहरु कोठामा आयोजना गरिदै आएको छ भविष्यमा पनि यस्लाई यसरी नै निरतन्तरता दिने लक्ष रहेको छ । अनेसास कोलोराडो च्याप्टरका नव नियुक्त अध्यक्ष श्री पदम विश्वकर्मका अनुसार यो यात्रालाई अझ बृहद र दीर्घ रूप दिइे अनवरत रूपमा लैजाने बिचार प्रकट गर्नु भयो । त्यस्तै गरेर अग्रज विद्वान डा बिजय राज शर्माले पनि यो यात्राले कोलोराडोलाइे साहित्यिक क्षेत्रमा अटुट योगदान दिएको र यस्लाई दिर्घ राख्न सबैको पहल र योगदान हुनुपर्छ भन्ने धारणा ब्यक्त गर्नु भयो ।

यो यात्राको मुख्य उदेश्य लेखन क्षेत्रमा रुची राख्ने र साहित्यमा आफुलाई समर्पित गराउनेहरुलाई अझ प्रेरणा दिनु हो । बिगतदेखी यो यात्राले धेरै नयाँ अनुहार साहित्यिक हात र मनहरुलाई समेट्दै आएको छ । त्यस्तै गरेर प्रत्एक संघ संस्थालाई आफ्नो क्यामेरामा तस्बिरहरु कैद गरेर सहयोग गर्नु हुने फोटोग्राफर शैलेस पोख्रेल ज्युले पनि यस कार्यक्रममा तस्बिरहरु लिइेदिनु भएर यो यात्रालाई पूर्ण रूपमा सहयोग गर्नु भएको छ । कोलोराडो च्याप्टरको नयाँ कार्य समितीको यो नयाँ साहित्यिक यात्रा भए पनि यस्मा अपेक्षा गरे अनुसार नै कबि कबयित्रिहरुको सहभागिता थियो ।

कबिता बाचन गर्नेहरुमा डा बिजय राज शर्मा ,प्रमिला शर्मा,सम्झना आचार्य,बासुदेव खनाल,राजु सिटौला,केशब आचार्य,नम्रता अधीकारी,कुमार जंग कार्की,पदम विश्वकर्मा र आगन्तुक कबिताहरु बाचन गर्नेहरुमा भिष्म प्रधान (कबि अरुण तिवारीको रचना ) आचार्य प्रभा (कबि खगेन्द्र लिम्बु )(गजलकार कथाकार मनु ब्राजाकी जो अस्वस्थ्य अवस्थामा रहनु भएको छ । वहाँको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै )वहाँको गजल र आफ्नो रचना बाचन गर्नु भएको थियो । यो यात्राको अर्को उदेश्य विश्वभर छरिएर रहेका कबि लेखकहरुका रचनाहरु पनि समयले पाबन्दी नदिएसम्म पाठ गर्ने रहेको छ ।यो यात्राले (अमेरिका) कोलोराडोको भूमिमा पनि नेपाली साहित्यलाई उर्वर बनाओस भन्ने आशाका साथ् निरन्तरताको कामना र नयाँ कमिटीलाई निस्वार्थ र स्वच्छ ढंगले साहित्यिक यात्रालाई अघी बढाउन सबैको शुभकामना रहेको छ