कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

प्रतिसमालोचनाको सिद्धान्तमा राखेर फ्युजन प्रतिबिम्बलाई हेर्दा


-समदर्शी काइँला

सामान्य बहुरङ्गवादीय समालोचनाको सिद्धान्तबापत हामीले प्रतिसमालोचनाको सिद्धान्त अघि सारेका छौं। यौटा सृजनाभित्र धेरै विधाहरुको सम्मिश्रण हुने भएकाले यसलाई प्रतिविधाको न्वारान पनि गर्यौं। प्रतिविधाको शल्यक्रिया प्रतिसमालोचना सिद्धान्तले गर्नुपर्छ, हाम्रो जिकिर। यौटा उत्तरआधुनिक कविताभित्र गीत, निबन्ध,संवाद,कथा आदि जम्मै एक ठाउँमा भेलिएका छन्- लाई अब खाली कविता विधामा राखेर हेर्दा अधकल्चो हुन्छ नै।

परम्परागत मान्यताले शब्दसौर्न्दर्य, कला, प्रयोग र आविष्कारहरु यौटा कवितामा अटेनन्। नअट्नु भनेकै विवृति आयाम हो जो हुनुपर्दछ। मानक विधामा फ्रुफ मिस्टेक हेरेपछि प्रतिवधा विशेषत विधा भन्जनको खेल हो, मान्यौं हामीले। फ्युजन प्रतिबिम्ब नाउँ आफैले प्रतिविधाको अभिधारणा पेस गर्छ। बिम्बलाई प्रतिरङ्गमा प्रतिबिम्ब र फ्युजनलाई प्रतिरङ्गमा फिसन गरेर कतिपय अन्तरङग कार्यकलाप पनि हेर्दै हेर्नुछ फ्युजन प्रतिबिम्ब लाई।

आजको नयाँ शिल्पशैली संरचना र बेसी मौलिक ग्रामीण संचेतनका बिम्बहरुमा रचित ४२ ओटा कवीताहरु जसभित्र कला, विचार, दर्शन, डायस्पोरिक जिवन, नोष्टाल्जिया र स्मृतिचित्रहरुको छेलोखेलो छन्- को काव्यकृति हो फ्युजन प्रतिबिम्ब। खेलक हुन् अशोक पार्थिव तामाङ। हाम्रो नीति निर्देशक सिद्धान्त वस्तुगततामा विपरितवाद आउँदा लेखक खेलक भएको छ। अब कविलाई कवि नभनेर खेलक भन्दा सदर हुन्छ। खेलकको खेलकीय शक्तिलाई म ग्रटेस्क भन्छु। मौविनिसाहामा अनुभूतिहरुलाई खिपेर वैयक्तिक चलखेल गर्ने अशोक पार्थिव तामाङ एक सक्षम खेलक हुन्। सररियलिटीदेखिन् भर्चुअल रियलिटीहुँदै हाइपररियलिटीको थुम्कोसम्मन् पुगेको छ खेलक। साइबरसाहित्यसित पनि चिनापर्ची गरीवरी फ्युजनमा साइबरइतर साहित्यसित मिसिइएर समावेशी सौर्न्दर्यको खेल सामान्य बहुरङ्गवादले पाठलाई खेल मान्छ खेल्दै रहेको छ खेलक। ऐन्द्रिक संवेदन र चिद्वैषम्यताको राम्रो मेल भएको खेलक हुन् पार्थिव।

सामान्य बहुरङ्गवादले आजको समालोचनामा खेल बाहिरफेरो पनि घुम्छ, यौटा निश्चितअर्थभित्र बन्द गरेर राख्दैन। अर्थलाई ठोकूवा नगरीकन एम्बिगुइटीमा फुकुवा गर्छ। सौर्न्दर्यशात्रमा कला पक्षको सघाउपघाउ हेर्दै खेलकको सत्व र व्यक्तिको स्थान खोज्दै अर्थ रुपान्तरण, खेल संरचना, भाषिक संरचना, ऐन्द्रिक ज्ञानवादी, सहज ज्ञानवादी, प्रयोगवादी, स्पिच एक्टको सिद्धान्त र मनको सिद्धान्तबाट कृतिलाई ओल्टाइपल्टाइ हेर्छ। बाहिर भित्र हेर्छ। तल माथि वर पर टाकटुक हर्ेछ। यो आयामबिहीन आयामको गवेषण हो। मैले फ्युजन प्रतिबिम्बलाई ठिक यसरी नै हेरेको छु।

शीर्षक
शीर्षक भनेको टाउको हो। टाउकोबेगरको मान्छे नभएजस्तै शीर्षक बेगरको कवीता पनि हुँदैन। तेसो र सामान्य बहुरङ्गवादले शीर्षक कलाई शीर्षक स्थानको अवयव मानेको छ। टाउकेअक्षरमा टाउकोलाई सजाएर मात्रै सुहाउँदैन। शीर्षककले सृजनाको मूल भाव बोकेको हुनुपर्छ। कविताको मूलसार यहीँ ताक्सिएको हुनुपर्छ। कवीताजस्तै शीर्षक पनि बौद्धिकता र कलाको समिश्रणमा कुँदेर राख्नुपर्छ। व्याजोक्तिक, अभिव्याञ्जनात्मक, प्रतिकात्मक, बिम्बात्मक, बौद्धिक र अमूतसौर्न्दर्यले भरिपू शीर्षक नै विशिष्ट श्रेणीको उपल्लो तहको मानिन्छ। खेलक अशोक पार्थिव तामाङले खासगरीकन लयात्मक,कलात्मक, कवितात्मक, निबन्धात्मक र अलङ्कारमय शीर्षक बनाएका छन्। यी शीर्षकहरु परम्परागतभन्दा बेगलकिसिमका छन्। उनले शीर्षकमै प्रयोग र नयाँ आविष्कार गरेका छन्। अलंकार प्राधान्यवाद उनको मनको सिद्धान्तले छिनोफानो गरेको प्रतीत हुन्छ।

उनले निर्माण गरेका शीर्षकहरुमा ऐजनका सप्पै कुराहरु अलिलि फ्युजन भएर प्रतिबिम्ब बनेको छ। फ्युजन अंग्रेजीमा र प्रतिबिम्ब नेपाली भाषामा आएको पुस्तकको नाउँ नै भाषिक संरचनामा दुइ या बहुल भएबापत वैविध्यता भएबापत यो बहुरङ्गीय प्रयोगवादी कृति भएको मेरो ठम्याइ छ। शब्दावलीको उत्कृष्ट शीर्षक भएको खेलकको मास्टरपिस कवीता फ्युजन प्रतिबिम्ब लाई दृष्टान्त-


अचेल
जुलुस गर्न खोज्छ
मेरो सिरानीनेर
एउटा
फ्युजन
प्रतिबिम्ब ।

जब नयाँ लुगा र चस्माहरु नै
पुराना जङ्गली दिनका यादहरुमा
मावव सभ्यताको व्याख्या गर्छन्
मनभित्रका तितेसो वाक् गर्दै
अनि
सम्भावनामा
जुलुस गर्न खोज्छ
मेरो सिरानीनेर
एउटा
फ्युजन
प्रतिबिम्ब ।



रङ्गगताको भान
सामान्य बहुरङ्गवादले रङ्गगताको भान लाई भावको रुपमा मान्छ। रङ्गगताको भान तब हुन्छ जब खेलकसित ऐन्द्रिक संवेदनको ज्यान हुन्छ। ऐन्द्रिक संवेदनले मात्रै रङ्गगता भानको बोधता हुन्छ। यहीँ बोधताले मात्रै खेलकले खेल्न सक्छ प्रतिविधामा। प्रतिविधामा ती जम्मै थोकहरु मिलेर बस्छन्। मिलाउने जिम्मा बहुरङ्गीन व्यानरमा अर्थात् समावेशी सौर्न्दर्यको खेल स्व फैसलाबाट खेलकले गर्नुपर्छ। यहाँ खेलकको स्वैरकल्पना जुन काव्य पर्रि्रमणमा निक्लेको छ लाई रङ्गगताको भानमा मान्नुपर्दछ। आख्यानरुपी संरचनाले पनि अलिलि ठाउँ पाएबापत, निबन्धरुपी संरचनाले पनि अलिलि ठाउँ पाएबापत, गीतरुपी तत्वले पनि अलिलि ठाउँ पाएबापत,मुक्तकरुपी ढाँचाकाँचाले पनि अलिलि ठाउँ पाएबापत यी जम्मै बापतहरुले फ्युजन प्रतिबिम्ब प्रतिविधा भएको छ। फ्युजन भनेकै विलयन नभएर समिश्रणको अर्थमा लिनुपर्छ। समिश्रण रङ्गगताको भानले भेट्नुपर्छ। यसरी भेटिसकेपछि फ्युजनलाई फिसन अर्थात् खण्डकरण गरेर हेर्नुपर्छ अनि मात्रै जिवन जगत् समाजको सबै पक्षहरुको भेटघाट हुन्छ। सबैको हिसाबकिताब पाउदर बराबर हुन्छ।

प्रतिबिम्ब भनेकै जिवनजगत र समाजको सबै पक्षहरुको भेटघाट हो प्रतिबोधताले। कवीता सृजनाका चार तत्वहरु बुद्धि, कला, भाव र कल्पना मध्ये भावतत्वको नै सघनता छ यसमा। तामाङ भाषाका साँस्कृतिक शब्दहरुले छुट्टै कला र सौर्न्दर्यबोध हुन्छ भावभित्र। नेपाली, अंग्रेजी,हिन्दी, तामाङ, इजरायली, संस्कृत आदिका शाब्दिकप्रयोगको चलखेलले बहुरङ्गगताको भान ,मौलिक-मीठास र रसिलो भाव दिन्छ। समावेशी सौर्न्दर्यको लेखन र रङ्गगताको भान भएको खेलकको उत्कृष्ट कवीता सगरमाथा खोज्दै निस्केको बिहान लाई दृष्टान्त-

नाम्चे फेदीका बुद्ध गुम्बजहरुलाई
हलगोरु दाएर
शताब्दियौंकोर्
पर्म ख्वाप्लाक्कै खानेसित
सगरमाथाको मसी
कुन हिउँदको सिरेटोले पातलो
बनायो -
सोध्न चाहान्छन्-
रिडी र सेती दोभानका किनाराहरु ।।१

विषयवस्तु

कवीताका संरचनागत आधारहरुमा सप्पैभन्दा महत्वपूर्ण् आधार विषयवस्तु हो। गहन र्सवजनीन विषयवस्तुबाट मात्रै गहन र्सवजनीन कवीता निर्माण हुन्छ। खेलकले यो कुरालाई राम्ररी बुझेको लाग्छ। निर्बन्ध विचारको केर्लाइ, नोष्टाल्जिक अनुभूतिहरु, परोक्ष यथार्थता, आशा र जिजीविषामा जिवनको अन्वेषण, शाश्वतप्रेम, राष्टप्रेम, मातृप्रेम, आप्रवास बसाइका उत्पीडनहरु, विकिर्ण चिन्तन, म को सत्व खोजाइ, वैयक्तिक दर्शन, वर्तमान समयप्रतिको शालीन व्रि्रोह, हाँक र चित्रण आदि खेलकले खेलिआएको विषयवस्तुहरु हुन्। डा गोबिन्दराज भट्टर्राई सरले भूमिकामा अशोकका कवीताहरुलाई बेसी स्मृतिचित्रमा चित्रण गरेका छन्। कवि तथा खेलक चुम लिम्बूले यसलाई मानवमात्रको पक्षपातमा क्रान्तिको आधुनिक रेखा चेतन मनस्थितिसँग छाम्दै परिम्लान साहित्यको वितृष्णा उपर पौल सौर्न्दर्यमा भेटेका छन् अशोकलाई। यौटा प्रयोगको शुरुवात भनेको छ कवि बलदेभ भट्टले खेल लाई। यी लेखाजोखाहरुले खेलकले खेलिआएको विषयवस्तुलाई समावेशी सौर्न्दर्यको खेल भनेर एकमुस्ट भन्न सकिन्छ। जिवनको बारेमा सम्यक् दर्शन फलाकाइ उनको कवीतासृजनको प्रमूख विषयवस्तु हो। इतिहास र यथास्थितिलाई खोतलखातल पार्नु पनि उनको विषयगत परिसरको अभीप्सा देखिन्छ। खेलकको मौलिक विषयवस्तुमा अनुपेमय कला र सौर्न्दर्य बोकेको यौटा उत्कृष्ट कवीता भुलेत्रोको पातमा सिन्काले उनिएको मौलिक कविता लाई दृष्टान्त-


चौतारामा ढुङ्गा सिरानी लाएर
रात काटेका मेरो आखेहरुका बिरामी
तोक्माहरु
जूनेली साँझ भएर
आफ्नै बासस्थान र्फकन चाहान्छन्
पर्ुखाले
आर्जेको मेरो जन्भूमि भनेर
यो ऐतिहासिक क्षण म लेख्न खोजिरहेछु
भुलेत्रोको
पातमा सिन्काले उनिएको मौलिक कविता ।



दृष्टिविन्दु
समाख्याता कवीतामा अनिवार्य चाहिन्छ। यो व्याख्याताभन्दा अलि बेगलखालको हुन्छ। कवीता लागिका लागि लेखिन्छ -को उत्तर समाख्यान अर्थात् दृष्टिविन्दुले दिन्छ। फ्युजन प्रतिबिम्बमा खेलक म पात्रको रुपमा बेसी बोल्दछ। म लाई सामान्य बहुरङ्गवादले व्यक्तिगततामा उभाएको छ। व्यक्ति नै र्सवपरि ठानेर सग्लो मान्छे खोज्न म लागि परेको प्रथम पुरुष दृष्टिविन्दु यसमा घनीभूत रहेको छ। म -ले गरेको समन्वेषण, म -को समन्वितचेतना, म -को कार्यकलाप, म -को म आदि दृष्टिविज्ञान नै दृष्टिविन्दु हो फ्युजन प्रतिबिम्बभित्र। यसले गर्दा कवीताहरु शक्तिशाली भएका छन्। तृतीय पुरुषले बोलाउँदा म -को सत्व हराउने हुँदा सृजनाहरु कफल्लो हुन्छन्। खेलकले यसलाई बुझेर अवाङमनसगोचरम् शब्दसौर्न्दर्यको खेल खेलेका छन्। म यसलाई उपल्लो दर्जा दिन्छु। खेलकले प्रथम पुरुष दृष्टिविन्दुमा खेलेको यौटा उत्कृष्ट कवीता म किन उपस्थित हुँन्थें र त्रि्रोसामु यसरी घुँडा टेक्दै - लाई दृष्टान्त-

केही कञ्चनजङ्घा र पवित्र मादीहरु
थुनेको छु दिलभित्र
केही
र्स्वर्गद्धारी तर्ीथसरहका
मन्दिरहरु बनाएको छु आफूभित्र
बैंसको झोँकमा
बिनासम्मान
लिलामी हुँदो हुँ त
म किा उपस्थित हुँन्थें र त्रि्रोसामु
यसरी घुँडा टेक्दै -
जितेर पनि हारेकोजस्तो
अनुभव लिएर
यो प्रणय
विम्बले भरिएको
अनुरोधको खास्टो उपहार दिन
जीवन सम्झौता खातिर ।



जिवन दर्शन

गुदीबेगरको फलको अर्थ नभएजस्तै जिवन दर्शनबेगरको कवीताको पनि अर्थ छैन। कवीता लेखिरहनुको औचित्य छैन। गुदी रसिलो मीठो भएन भने गुदीको पनि अर्थ छैन। ठिक तेस्तै जिवन दर्शन कफल्लो भयो भने पनि कवीता उपल्लो तहको हुन सक्तैन। जिवन दर्शन भनेको सारतत्व हो। सारतत्व आफ्नो मनको विज्ञानले गवेषणा गरिवरी झिक्नर्ुपर्छ। सिकोको सारतत्व पनि सिक्सिको लाग्छ। तर्सथ व्यक्तिगतताले कुदेर पुनरान्वेषण गरी अन्तरङ्ग र प्रतिरङ्गको योगफल बराबर साझा हिसाबकिताबमा निकाल्नर्ुपर्छ जिवन दर्शन। यो दर्शन मात्रै फस्टाउँछ भन्ने बहुरङ्गवादीहरुको निर्क्याेल छ। यसै परिलेखनमा खेलेका छन् खेलक अर्थात् कवि अशोक पार्थिव तामाङ। जिवन दर्शनको यौटा उत्कृष्ट कवीता चुरोटको सल्काइमा लाई दृष्टान्त-

यो ढिकीच्याउँ गर्दै
हिँड्ने नाथे समयले
भाग्ने मजस्तै सन्काहा
क्षणहरुले
ओखलीमा चिउरा
क्याच्क्याच् पारेझैं
किच्याएको छ मेरा रहरहरु
जाँतोझैं घुम्ने
परिवेशहरुले
पिसिरहेको छ मेरा जिउँदा अवशेषहरु
बदलामा खरानी हुन नसकेर
अनि म त्यही
रहर टिप्न
चुरोट सल्काउँछु
चुरोट बल्छ
धुँवा निस्किन्छ
क्षितिजमा अलिकति फैलिन्छ
हावामा
दगुर्दा दगुर्दै बिलाउँछ
मजस्तै भएर।


अन्तरङ्ग र प्रतिरङ्गको योगफल बराबर साझा

सामान्य बहुरङ्गवादले साहित्यमार्फ उपयुक्त चीजबीज दिनको लागि अन्तरङ्ग र प्रतिरङ्गको योगफल बराबर साझा मानेको छ। अन्तरङ्ग एक्लैले मात्र थेग्दैन वस्तुको संरचना। वस्तुको संरचनालाई प्रतिरङ्ग एक्लैले मात्र पनि थेग्दैन। तेसो हुनाले यी दुवैलाई जोडेर सग्लो चीजबीजको व्यवस्थापन गर्नुपर्छ कवीतामा। खेलकले प्रतिरङ्ग बाहृयवृति खेल बेसी खेल्दै अन्तरङ्गमा पस्न अलि डराएका छन्। दुइटाको तालमेलबिना र्सवसुन्दर थोकको आविष्कार असम्भव भएकोले यो पनि कवीताको संरचनागत आधार हो, मानेर खेलकले खेल खेल्नुपर्छ।अशोकको यो खेल रिहर्सल वा पूर्वाभ्यास हो। हीँनेर राखेर खेलकको खेललाई बहुल दर्शकले हेर्दा सम्यक् दृष्टिगोचर हुन्छ।


लय तथा भाषा- शैली


आजको उत्तरआधुनिक कवीताले हिजको लय भाषा शैली पक्रन छोड्यो। शास्त्रीय भाषा अर्थात् छन्दमा मात्र कवीता अटेन र मुक्त लयमा उन्मुक्त भएर कवीता हिड्यो। यी नै हिडाइमा मिसिइएर कुदेका छन् खेलक आफ्ना नयाँ दृष्टिभङ्गमाका खेलहरुसित। वैयक्तिक स्वतन्तत्राको मनग्गे उपभोग गरेका छन् खेलकल,े त्यो मुक्त गेय लय हो। मौलिक मुक्त लय तथा चेतना प्रवाहात्मक शैली खेलकले खेलेको लय शैली हुन्। लय विधानबेगर कवीतामा रहस्यमय सौर्न्दर्यको उत्पादन गर्न हम्मे पर्छ। र, कवीता नीरस बगर बन्छ। यहाँ खेलकले लयलाई विशेष प्राथमिकता दिएर म फुक्का वा निर्बन्धन गरिवरी लेकाली खोलाजस्तै पहाडका गरा गरा हाम्फाल्दै फाल्दै बग्ने लयलाई स्वकीय आविष्कार मान्नुपर्छ। यो अलिकति शास्त्रीय परमपरागत काव्यिक भाषा शैलीको विरोध पनि हो, हुनुपर्नेले भयो। पूरापूर हिजलाई भत्काएर मात्रै आज बनाउन सकिन्छ

ले खेलकले यसै गरेर आफ्नो काव्यिक शक्तिको उपभोग गरेको छ। यो र्सवसुन्दर भाषाशैलीको स्थापत्य हो। यस्तैखाले सुन्दर लय तथा भाषा शैलीको यौटा सुन्दर कवीता म लेख्छु, पन्चेबाजा बजाउँदै युग फुक्ने बुलन्दी कविता लाई दृष्टान्त-

बारीमा बनाइएको टहरोमा
बाँदर र चरा
धपाउनु बस्दा
एकान्तमा
काल्पनिक इन्टरनेट जोडेर
आकाश र जमिनको बिहेको कुरा
छिनोफानो गर्न लमी
भएर
देउराली भन्ज्याङको शिरबाट
म लेख्छु, पन्चेबाजा बजाउँदै
युग फुक्ने
बुलन्दी कविता ।


मिथक र बिम्ब विधान
आजको कवीताले मिथकलाई बेसी बोकेर आयो,आउँदैछ र आउँनुपर्छ। मानिसको पुराकथा नै मिथक भएकोले विगतमा भएघटेका घटनाहरुको विचित्र चित्र मिथकले दिन्छ। हाम्रो सत्व सिधै आज भएको होइन ले हिजसम्मन् पुगेर खोतलखातल गर्छ मिथकप्रयोगले कवीतामा। हो, मिथकले सम्पूण हिजलाई बोकेर वर्तमानमा ल्याइपुर्याउँछ। हिजबेगर आज नहुने हुनाले हिजको इतिहास,घटना परिघटना र समयलाई मिथकले मात्र उचाल्ने निधो भएकोले कवीतामा मिथकको प्रयोगको बढ्ता खनखाँचो छ। अशोक पार्थिवले मिथक विधानलाई त्यतिधेरै लेखमा व्यवस्थापन गर्न भ्याएको छैन। तरैपनि फाट्टफुट्ट प्रयोग चाहीँ निकै लोभलाग्दो गरेका छन्। ग्रीसेली मिथक पाइथागोरस लाई मेरी आमा कवीतामा उनले प्रयोग गरेको एक दृष्टान्त-


भन्ज्याङ साँघुरी गोरेटो टेक्दै
जीवनको जूनतारा गन्न सक्ने
कल्पनाको पाइथागोरस
मेरी आमा।
बिम्ब विधान मिथक विधानजतिकै महत्वपर्ूण्ा हुन्छ। बिम्बले भाव,बुद्धि,कल्पना र शैली तत्वलाई सघाउपघाउ गरेर कवितालाई ज्यान दिन्छ। अशोक पार्थिवले मिथक विधानभन्दा बिम्ब विधानको राखनधरन राम्ररी गरेका छन् फ्युजन प्रतिबिम्बभित्र। उनको केहि कवीता एज्रा पाउण्ड बिम्बवादी अभियन्ताको कवीताजत्तिकै बिम्बात्मक पनि छ। तर्सथ म खेलकलाई सपअस्तित्ववादी बिम्बवादी कवि भन्न रुचाउँछु। बिम्ब पनि धेरैखाले हुन्छन्। अशोकले स्मृति बिम्ब, प्रणय बिम्ब, ऐन्द्रिक बिम्ब, स्थानिक बिम्ब, विवृति बिम्ब,अमर्ूत बिम्ब र आध्य बिम्ब आदिको चलखेल बेसी गरेका छन्। एक सघन बिम्बात्मक कवीता दृष्टान्त-


चेतनाको घाम जून खेती गर्ने
अभिलाषाको एउटा बक्रकृति
अमर्ूत
सम्भावना
मेरीआमा।

अहिलेलाई बिसौनीमा समष्टि बोल्दा, कवि अशोक पार्थिव तामाङ अर्वाचीन नेपाली साहित्यको उत्तरसंरचना फाँटमा उदाएका एक बौद्धिक बिम्बवादी कवि हुन्। र, उनका कवीताहरु मौलिक,मौविनिहासा, प्रयोगात्मक र नयाँ दृष्टिभङ्गमामा फ्युजन भएका विचारर्,दर्शन ,कला र चिद्वैम्यताको प्रस्फुटन हुन्। यो मेरो हतारको सरसरती हेराइ मात्र हो। थुप्रै संरचनागत कुराहरु जानीजानी छुट्टाएको छु मैले यसमा। कारण - बाँकी अंश ४२ ओटा कवीताहरुलाई एकेक चिरफार गरेर यसैमा थप्पिइएर म फेरि आउँनेछु। अनि मात्र समालोचनाले सग्लो जीउडाल पाउनेछ।



अशोक पार्थिव तामाङको "फ्युजन प्रतिविम्ब" अब बजारमा उपलब्ध भएको छ ।
सम्पर्क स्थानः
Bibek Sirjanshil Publication (p) Ltd. Adwaitmarg,Kathmandu,Nepal.
Tel: 4218063( O), 4334501 ( R )
Mobile:9851097716
मूल्य: रु.२००/-सामान्य(ढुवानी सेवा बाहेक)
रु.५००/-संस्थागत (ढुवानी सेवा बाहेक)
$१५ (ढुवानी सेवा बाहेक)