कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

गजल -आचार्य प्रभा

आचार्य प्रभा


बनाइ मुर्ख संसार सारा छल्ने म प्रभा हुँइन
कसैले पीडा दिएमा पनि गल्ने म प्रभा हुँइन ।

बर्दान यदी पाएमा फेरि नारीकै रूप लिउँला
निर्दयी बनी स्वार्थको बाटो चल्ने म प्रभा हुँइन ।

शाहसी बनी लिएछु जन्म नारीको रूप पाएर
कमजोर बनी पर्खाल जस्तै ढल्ने म प्रभा हुँइन ।

शितल्ता दिन्छु न्यानोकाख् दिन्छु ममत्व सुम्पिदिन्छु
क्रोधित बन्दै अग्नी झैं फेरि बल्ने म प्रभा हुँइन ।

कोमल्ता बोकी बाँचेकी छु है नारीको जन्म लिएर
कागज जस्तै क्षणिकमा आज जल्ने म प्रभा हुँइन ।