कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

आगमनको खोजी



रुपिन्द्र प्रभावी "कटु"

मोदीमा बाढी आउनै हुँदैन
आशावादी नजर पौडिँदै
ठुल्दिदी
किनारै किनार दौडिन्छिन्
उही बेपत्ता खसमको अस्तु भेटिने त्रासमा !

जब बगेर आउँछ जङ्गली ठुटो
जब छालमा र् याफ्टिङ गर्छ मुढो
ठुल्दिदीको धड्कनको गति बढ्छ
किनाराबाट भित्रिन्छिन् भेलनजिकै
नजिकैमात्र किन
छुन्छिन् धमिलो भेललाई
उनले सोचेकी हुन्
कि खसमको स्पर्श कतै आएको छ बाढीसँगै बगेर !

मोदीकै जस्तो धमिलो त हैन
तर सङ्ग्लो बाढी
थुप्रैपटक बगाइन् ठुल्दिदीले आँखाको डिलबाट
खसमको याद बोकेर उर्लने
सम्झनाका बाढीमा
आफैले खेलिन् थुप्रैपटक र् याफ्टिङ
तैपनि नभेटेर आफ्नो पि्रय मान्छेको मुहार
किनारा लागिन् विवशताको भुमरीमा घुम्दै ।

बर्खा लाग्नै हुँदैन ठुल्दिदीलाई
बाढी आउनै हुँदैन मोदीमा
पुगिहाल्छिन् किनारामा टोलाउन
कुर्लुम्म भारी बॊकेर खसमको याद
ज्ञादी-कुश्मा झोलुङ्गे पुलबाट हेर्छिन्
कहालीलाग्दो गहिराइ
खै कहिले भेटिएला
ठुल्दिदीको खोजी ।

खहरेले ल्याएर मिसाइदिए पनि हुने मोदीमा
बेनीले बगाइदिए पनि हुने मोदीमा
सायद ठुल्दिदी
आज पनि किनारमा कुर्दै होलिन्
उही खोजीको आगमन ।