कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

मिठो विगत -सरु ,दोलखा

सरु ,दोलखा


आमा बाबा ,दाजु भाई,दिदी बहिनि सबै |
छर छिमेकी स्टमित्र साथि संगी संगै ||

हाते मालो लुकामारी खेल्थेंयौं आँकुरामा |
हरियाली डाँडा गल्छी घुम्दै खोला टाकुरामा ||

मिर्मिरे र झिसमिसेमा मन बहलाउँदै ,मिठो गीत गाउँदै |
लहरा र छहरामा पाखा पखेरामा, झुंम्दै रमाउँदै ||

लेक बेसी ,भन्ज्याङ्ग दोभान घर करेसा डुली |
चिर्बिर-चिर्बिर चरी गाँउथ्यो भाव सत्भाव बटुली ||

हर्स बिभोर हुनेगर्थें एस्ता-एस्ता दृष्य हेर्दा खेरि |
रंग तरंग कल्पनामा मिठो बिगत बनि याद आयो फेरी ||

घाँम छाँयाँ,जाडो गर्मि ,दु:ख सुख झेली |
मेला पात ,दाउरा घाँस उक्काली ओराली ||

मिर्मिरे उषाको किरण संगै हिमाल खुले सरी |
नेटो काट्यो समयले एस्तै-एस्तै गरी ..........||

बाला पन, युवा पन,बुढेस कालको तरंगना |
बिगत देखि हाल सम्मको 'आहा !!!'कति मिठो सम्झना ||