कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

सानु (गजल)

हरि मानन्धर "विवश"

परार्इका कुरा मात्रै कति गर्छेो सानु
आफ्ना कुरा गर्नु परे पछि सर्छ सानु

मनका कुरा नलुकार्इ भने हुन्छ आजै
समयले कोल्टे फेर्छ अनि डर्छ सानु

कहिलेकाँही एकैछिन कुरा गर्दा नि
धैर्यताको बाँध टुट्यो भनि मर्छ सानु

साहित्यको बहानामा कुरा बढाएर
अल्झाएर राखे पछि मन भर्छ सानु

याहु च्याटमा कुरा गर्दा लजाउँदै बोल्छ
विवश नै बनाएर, मलार्इ हर्छ सानु