सोध्ने कसले पिंडा छकि, भरिया र डोकालाई !
लाग्छ फाल्न अबेर भयो, समस्याका पोकालाई !!
बलहुने र धनहुनेको, मनोमानी अन्त्य भइ
दुइ-चार गाँस मिल्ने कैले, श्रमिक अनि भोकालाई !
सडक देखि सदन सम्म, श्रमका कुरा चले पनि
कसले देख्यो दुखियाका, हत्केलाका फोकालाई !
गीता छोई बाचा गर्दै, आँखाभरि छारो फाल्छन
के भनेर संज्ञा दिउँ, सधै हुने धोकालाई !
आकाश मार्ग सयर गर्छ, त्यस्कै पछी लावालस्कर
कोहि छैन देख्ने यहाँ, खान नपाइ रोकालाई !
उठ...जाग नवयुवा, देशले तिम्लाई पुकार्दै छ
बढारेर फाल्नुपर्छ, गोली नभा खोकालाई !!!
गणेश बिकाश भेटुवाल
इशिबू ९ तेह्रथुम
गजल
गज़ल -गणेश बिकाश भेटुवाल

गज़ल -गणेश बिकाश भेटुवाल
सम्प्रेषक - कृष्णपक्ष :
साहित्यसंसार डट कम

साहित्यसंसार
साहित्यसंसार डट कम अनलाइन साहित्यिक पत्रिका हो । नेपाली भाषा साहित्यमा भएका विविध गतिविधिहरूको जानकारी तथा साहित्यकारहरूका सिर्जनाहरू क्रमबद्ध रुपमा संकलन गर्ने इन्टरनेट थलोको रुपमा यसलाई लिन सक्नुहुन्छ । लेख, रचना तथा साहित्यिक समाचार पठाउन हाम्रो इमेल ठेगाना - info@sahityasansar.com
थप साहित्यिक गतिविधि