कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

बिर्सौ भने

बिर्सौ भने त्यति ठूलो पराई पनि होइन
पूजा मात्रै गरौ उस्को देवता पनि होइन ।

कहाँबाट सुरु भयो अन्त्य कस्तो होला
जसले दियो उ जान्दैन जान्ने को पो होला ।

मुटु भित्र गड्यो कस्तो ननीख्रने खिल बनी
छोपे,हेरे उस्तै लाग्ने यि आँखामा मन्जिल बनी ।

थाहै नपाई अत्याउछ कि बेहोशमै शूल बनी
आँखाबाट बग्छ कि पो ? खहरेको मूल बनी ।

जग्ये कहिले रङ्याउने रङी चङी तूल बनी
कैले जित्ला कुन्नी मलाई मभित्रको दील बनी ।

पीर ब्यथा सबै पिस्ने पानी घट्टा मिल बनी
आउला कैले मुटु दुख्ने दबाइको पिल बनी ।

उन्ला कैले उस्ले मलाई माछी उन्ने शिल बनी
चोख्याउने कैले होला पवित्र जौ -तिल बनी ।

लैजाउ कतै नछोडी बैतर्णीको पुल बनी
विबसताको हुरीसँग उड्न नपाई धुल् बनी ।

भुई चर्ने परेवी म आउ तिमी चिल बनी
अड्कीरहु तिम्रो मनको क्यामेराको रिल बनी ।

अजरअमर बनोस् प्रेम, कर तिर्ने बिल बनी
नजाउ टाढा बर्खा यामको खेतबारीको डिल बनी ।

गुणैगुण यो जुनिमा छिन्नै नसक्ने रिण बनी
दु:ख सुख बाडी बसौ रात अनी दिन बनी ।

मिल्नु छुट्नु नियम नै हो बाध्यतामै परे पनि
डर लाग्छ पाप लाग्ने निश्ठुरीलाई बिर्सौ भने । ।

           
मन्जु बिमली काठमाडौँ  नेपाल