कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

यो जात्रै जात्राको शहर



-दाजु गुरुङ्ग

कसैलाइ हार्नमा मज्जा
कसैलाइ हराउनमा मज्जा
अनि कसैलाइ हार्ने र हराउने को
गाली र ताली हेर्ने मज्जा
विडम्वना नत हार्ने को अनुहारमा िवंष्मत
नत जित्ने अनुहारमा उल्लास
खोइ यो कस्तो कस्तो -
मदारीको खेल जस्तो शकुनीको झेल जस्तो
हेर्नुपरेकोछ निर्लज्ज लोभी-पापीहरुको यो नाटकीय खेल
हेर्ने न तिम्रो रहर न मेरो रहर
यो जात्रै जात्राको शहर ।
भत्काउन वानी परेकाहरुलाइ भत्काउनमा नै मज्जा
हप्काएर खान पल्केकाहरु हप्काउनमा नै मज्जा
अनि थर्काएर दिउसै जङ्ग वहादुरको सपना देख्नेहरुलाइ
थर्काउनैमा मज्जा
विडम्वना नत भत्काइएकेामा विष्मत
नत दिउसै सपना देख्न लाज
खोइ यो कस्तो कस्तो -
फेरि जंगल पस्ने घुर्की जस्तो वादरको हातमा नरिवल सस्तो ।
पशुपतिनाथको कृपामा कहिले सम्म चल्ने यो खेल
नत कसैलाइछ डर नत कसैको छ भर
यो जात्रै जात्राको शहर ।
कसैलाइ मुलुकको भविष्य-पथ नलेखिएको डर
कसैलाइ मुलुकको ससाना कित्ता काटको रहर
अनि कस्ौलाइ अँश-वण्डको मुद्धामा मल्ल-युद्धको रहर
विडम्वना नत गर्न्र दिन्छ नत गर्न सक्छ
सवै सवै वाहिरै वाहिरकोले गरि दिनु पर्ने
खोइ यो कस्तो कस्तो -
वाइसे चौविसे रजौटाहरुको प्रेतात्मा जागे जस्तेा
वालकन प्रदेशमा जस्तै भूइंचालो आउने संकेत जस्तो ।
जन्मजात पोलियो लागे जस्तो वर्तमानमा
घर पोलेर आगो ताप्नेहरुलाइ
इतिहासको अपमानमा नत खेद छ नत भविष्य प्रति डर
यो जात्रै जात्राको शहर ।
धेरै भयो मेची दुखेको काली दुखेको उत्तर दुखेको दखिन दुखेको
उज्यालो घामको आशामा वस्नेहरुको मन दुखेको
अनि धेरै भयो सिङ्ग मुलुकवाट वु¢ हराएको
विडम्वना हस्तिनापुरका धृतराष्टृ र दुश्शासनहरुलाइ -
नत यो दुखाइले मन रोएको छ
नत त्यो जल्लाद मनलाइ वुद्धहराएको पिडाले छोएको छ
खेाइ यो कस्तो कस्तो -
घर खनेर वन पुर्ने वानी परे जस्तो

विभिषणको लंका -दाह्य राम-भत्तिःु जस्तो
देश दुखेर के भो र ! वुद्ध हराए र के भो र !
के जान्छ र जल्लादहरुको गोठाको वहर
यो जात्रै जात्राको शहर ।