कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

अ.ने.सा.स कोलोराडो च्याप्टरद्वारा संचालित नियमित कबि गोष्ठी कार्यक्रम सम्पन्न







आचार्य प्रभा डेन्भर (कोलोराडो)




जनवरी/२८ अ.ने.सा.स कोलोराडो च्याप्टरद्वारा संचालित कोलोराडो साहित्य सँगम कबि गोष्ठी कार्यक्रम श्री कमल भट्टराई तथा दिलु भुषालको घरमा सम्पन्न भयो। अध्यक्ष पदम विश्वकर्माले संचालन गर्नु भएको उक्त कार्यक्रमका प्रमुख अतिथी बरीष्ठ साहित्यकार,कथाकार तथा गजलकार मनु ब्राजाकी हुनुहुन्थ्यो । कार्यक्रममा कबिता/गजल बाचन गर्नेहरुमा मनु ब्राजाकी,केशव आचार्य,मिना पौडेल,तारा अधिकारी,डा.बिजय राज शर्मा,प्रमिला शर्मा,आचार्य प्रभा,कमल भट्टराई,राजु सिटौला, (अ.ने.सा.स.का केन्द्रिय अध्यक्ष) ज्ञानेन्द्र गदाल,बिजय राज अधिकारी,किरण डाँगी हुनुहुन्थ्यो कार्यक्रममा रचना श्रवण गर्नेहरुको पनि उपस्थिती थियो। यसरी नेपाली साहित्यलाई माया गरेर प्रवासी माटोलाई पनि नेपाली साहित्यले उर्वर बनाउन कोलोराडो च्याप्टर लागि परेको छ। कोलोराडो च्याप्टरको यो नियमित कार्यक्रमलाई सबै साहित्यनुरागीहरुले सधैं नै प्रेरणा र प्रोत्साहन दिंदै आएका छन। यसैगरी यो कार्यक्रमलाई आफ्नो निवासमा सम्पन्न गराएर कमल भट्टराई तथा दिलु भुषाल ज्युले पनि यस साहित्य सँगमलाई आभारी बनाउनु भएको छ । त्यसैगरी कार्यक्रमलाई क्यामेरामा सुरक्षित गरेर सदा झैं सहयोग गर्नुहुने शैलेस पोख्रेल र शाश्वत पौडेल हुनुहुन्थ्यो। आगामी कार्यक्रम सम्झना आचार्य /बासुदेव खनालको निवासमा हुने भएको छ ।