कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

तप्किएर अञ्जुलिमा


(नेपाल समाचारपत्र)

परदेशमा दुख्यो मन दुखाएर रोएँ
परेलीमै सबै आँसु लुकाएर रोएँ ।

दशै तिहार सबै गए निधार भो खाली
आफन्तको आशिर्वाद छुटाएर रोएँ ।

कैले पाउँला पिउन मैले पँधेरीको पानी
तिर्खा सबै अञ्जुलीमा सुकाएर रोएँ ।

बाध्यतामा विदेशिएँ रहर हैन मेरो
ऋणमाथिको घाउ फेरि उप्काएर रोएँ ।

बाँकी सास आफ्नै देशमा फेर्न पाउँ भनी
देउता सामु शीर मैले झुकाएर रोएँ ।

प्रवसमा रहेर पनि नेपाली साहित्यलाई अत्यन्तै माया गर्नेहरुमध्ये उमा सुवेदी एक
हुन । विश्व व्यापी प्रथम नेपाली अनलाइन रेडियो गजल प्रतियोगिता २०६६ मा उनको यो गजलले प्रथम स्थान प्राप्त गरेको थियो । नेपाली साहित्यको क्षेत्रमा अत्यन्तै फस्टाउदै गएको यो विधालाई आत्मसाथ गदै सुवेदीले पुरस्कृत गजललाई समेत समेटेर पहिलो गजल संग्रह "अञ्जुलीमा" लिएर आएकी छिन् ।

उमा इजरायलबाट प्रकासित हुने मेरो नेपाल द्धैमासिक पत्रिकाको सह-सम्पादक र विश्व नेपाल साहित्य समाजकी केन्द्रिय सदस्य, अन्तराष्ट्रिय नेपाली साहित्य समाज, इजरायल च्याप्टकी कार्यकारी सदस्यमा रही वर्षेखी निरन्तर साहित्य साधनामा लागेकी छिन् । यस पुस्तकमा विशेष गरी विभिन्न गजलहरु समावेस गरिएको छ ।
'एक समयमा निकै राम्रा रचना लेख्ने, अरुलाई लोभ्याउने र स्थापित पनि भइसकेका कयौ
व्यक्तिहरु यस क्षेत्रबाट पालाएन भएका छन् । त्यसैले म लेख्न थालेको कुरामा गर्व गर्दिनँ त्यसलाइ कत्तिको निरन्तरता दिइन्छ हेरेर मात्र गर्व गर्छु, त्यसै गरी प्राध्यापक तथा गजलकार नेत्र एटमले उमाको लेखन शैलीको प्रसंसा गदै भनेका छन् - नेपाली गजलको माहौलमा एजरायलको मृतसागरको किनाराबाट प्रेम-विछोडका उच्छवासलाई नेपाली मन मुटुको जीवन्ततामा लगेर उमाले र्समर्पण गरिन । गजलकार रवि प्राञ्जोल, ज्ञानेन्द्र गदाल, देवी नेपालले छोटो समयमै आफ्ना गजलका सुन्दर शेरहरुद्वारा असंख्य पाठकहरुको मन जित्न सफल गजलकार सुवेदीबाट आगामी दिनमा अझै सशक्त गजलहरु नेपाली साहित्यले प्राप्त गर्ने छ भन्ने आशा गदै कविको सफलताको कामना गरेका छन् ।
हाम्रो नेपाली समाजमा हाम्रा नारीहरुलाई सधै हेपिने दवाएर राख्ने गरेको अनेकौ पत्र पत्रिकामा गरिन्छ । विशेष गरी नारीहरुको कुचो कोदालो र घर व्यवहार मात्र सिमित रहेको पाइन्छ । त्यसलाई उमाले तोडेकी छिन । उनले समाजमा हुने विकृती विसङगतिलाई वेवास्था गर्दै आफ्नो कलम अझ तिर्खाने प्रयास गरिरहेकी छिन । समाज रुपान्तर गर्ने कुरालाई उमाले आत्मसाथ गदै लागेकी छिन । उनको अनलाइन रेडियो गजल प्रतियोगितामा प्रथम हुन सफल गजल गायक शिव परियारको स्वरमा र बी.बी अनुरागीको संगीतमा छिटै बजारमा आउँदै छ ।
_____________________________________________


तप्किएर अञ्जुलीमा
लेखक - उमा सुवेदी
प्रकाशक - अनाममण्डली
मुल्य रु - ४५/-

-सुरज खाती
सिर्जना शनिवार पृष्ठ
१० पुस २०६७