सरु ,दोलखा
प्यारो मेरो जन्म भूमि न्यानो जन्म भुमि !
सँधै तिम्रो कल्पनामा रम्न पाँऊँ झुमी !!
गर्भ गर्छु आभारी भै तिम्रो जुनी जुनी !
नाम जप्न पाँऊँ सँधै मेरो प्यारो जन्म भुमि !!
(न्यानो जन्म भुमि )
गर्भ लिई कोमल कोखमा जन्मिएँ तिम्रै काखमा !
न्याँनो तिम्रो स्पर्श पाई हुर्कें तिम्रै साथमा !!
चन्द्रमाले ज्योति फिंजाई अन्धकारलाई हटाए झैँ रातमा !
निलो गगन हर्षित हुँदै शित् पोखेझैँ पातमा !!
अपरम्पार छ प्रकृतिको रंग थरि -थरी !
ढक मक लाली गुराँस फुल्थ्यो सुनाखरी !!
मुस्कुराँउँदै हिमाल हाँस्थ्यो सौन्दर्यता भरी !
सुसाएर कलकलाँउँदै बग्थे खोलि नबर्संदै झरी !!
हराभरा रमणीय थिए डांडा पाखा !
रमाँउँदै गाँउथे चरी फेरी - फेरी भाका !!
भन्ज्याङ् अनि दोभान बन्थे जुटाउँदै शाखा !
हर्ष ,उल्लास,उमंगमा अथक हुँदै टोलाउँथे आँखा !!
जन्मेको भुमि हुर्केको आँगन खेलेको रनबन !
प्रदेशमा बसी कल्पिन्छु आज तड्पिन्छ आँत्मा झन् !!
खुल्दुली बढ्छ असह्य हुन्छ रम्दैन कसै मन !
झल्किन्छ दृष्य भरिन्छ गह उडाई दिन्छ तन !!
कविता
जन्मभूमि
जन्मभूमि
सम्प्रेषक - कृष्णपक्ष :
साहित्यसंसार डट कम
साहित्यसंसार
साहित्यसंसार डट कम अनलाइन साहित्यिक पत्रिका हो । नेपाली भाषा साहित्यमा भएका विविध गतिविधिहरूको जानकारी तथा साहित्यकारहरूका सिर्जनाहरू क्रमबद्ध रुपमा संकलन गर्ने इन्टरनेट थलोको रुपमा यसलाई लिन सक्नुहुन्छ । लेख, रचना तथा साहित्यिक समाचार पठाउन हाम्रो इमेल ठेगाना - info@sahityasansar.com