कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

बुद्धिमानी भन्ने लाग्थ्यो


भगवति बस्नेत

बुद्धिमानी भन्ने लाग्थ्यो मात्र मेरो धोका रैछ
जान्ने सुन्ने मै हुँ भन्ने घमन्डको पोका रैछ

जति दियो उति बढ्ने ज्ञानगुनका कुराहरु
मलाई गुरु भनोस् भन्ने नामको नै भोका रैछ

झुकी रहन्छ सधैभरि फलेका ती बृक्षहरु
पाक्न नदिई झार्न खोज्ने हावाको त्यो झोका रैछ

शान्त सौम्य गाम्भिर्यता लाग्थ्यो सधै सागरसरि
छालसँगै उर्ली आउने मात्र पानी फोका रैछ