कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

गजल -रवि प्राञ्जल

किन खानु झूठो कसम फेरि तोड्ने भए
फूल छोडी पत्थर सँग मुटु जोड्ने भए


पारि लान्छु भनी नाउ किन खियाउनु
मझधारमा पर्दा नाउ एक्लै छोड्ने भए


किन हिंड्नु पर्यो व्यर्थै नहिंडेको बाटो
बिर्से जस्तै गरी पाइला अन्तै मोड्ने भए


भुले हुन्छ 'रवि' लाइ 'जून' सम्झे हुन्छ
अँध्यारोमै उज्यालोले सधैँ पोल्ने भए